काठमाडौं, १९ कात्तिक – युरोपा लिगमा बिहीबार राति साउथह्याम्टनले इटालियन क्लब इन्टरमिलानलाई हराएको छ । इन्टरमिलानले ३३ औं मिनेटमा गोल गरेर लिएको अग्रता जोगाउन नसक्दा पराजित भयो । इन्टरमिलानका कप्तान माउरो इगार्दीले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा साउथह्याम्टनले पाएको विवादित पेनाल्टीमा दुसान टेडिकले गोल गर्न सकेनन् । दोस्रो हाफको पाँच मिनेटको अन्तरमा साउथह्याम्टनले दुई गोल गर्दै खेल जित्यो र नकआउट चरण पुग्ने सम्भावना कायमै राख्यो ।साउथह्याम्टनको जितमा भिर्गिल भान डिकले ६४ औं मिनेटमा र योटो नागाटोमाले ६९ औं मिनेटमा गोल गरे । जीतसँग साउथह्याम्टन समूह के को दोस्रो स्थानमा उक्लिएको छ ।
जितपछि साउथह्याम्टनका प्रशिक्षक क्लाउडी पाउलले सुरुवात कठिन र पेनाल्टी मिस गर्दा दबाबमा आएपनि जित्नका लागि चाहिनेजस्तो खेलेको प्रतिक्रिया दिए ।
Previous Articleशान्ति र स्थायित्वका लागि सबैको साथ -मुखर्जी
Next Article राष्ट्रपति मुखर्जी पोखरामा तीन घन्टा वस्ने