पोखरा, १९ कात्तिक – तीनदिने नेपाल भ्रमणको अन्तिम कार्यक्रमअन्तर्गत भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार पोखरा आउँदै छन् । उनी पोखरामा तीन घन्टा रहने कार्यक्रम छ ।
राष्ट्रपति मुखर्जी जनकपुुरबाट बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा अपराह्न पौने १ बजे उत्रँदै छन् । एक कार्यक्रममा सहभागी भएर उनी ४ बजे काठमाडौं हुँदै भारत फर्कनेछन् । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार राष्ट्रपति मुखर्जी काठमाडौंबाट जनकपुर जाने र जनकपुरबाट पोखरा आउने कार्यक्रम छ ।
उनी बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर आराम गर्ने कार्यतालिका छ । मुखर्जीले पोखरा–१० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका करिब १० हजार भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्नेछन् ।
Previous Articleपेनाल्टीमा चुकेपनि पाँच मिनेटमा दुई गोल
Next Article सामाजिक सञ्जालमा चर्चित ‘तरकारीवाली’