पछिल्लो समय भजन–किर्तन लोप हुँदै गैरहेको अवस्थामा यहाँको एक आमा समूहले भने भजन संरक्षण गर्दै आर्थिक सङ्कलन थालेको छ । म्याग्दीको मंगला गाउँपालिका–४, बराङ्जामा पर्ने पर्यटकीयस्थल झाँक्रीपानीका सुरक्षित मातृत्व आमा समूहले भजनलाई आर्थिक सङ्कलनको माध्यम बनाएको हो ।
गाउँ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत, सत्कारका साथै भजनकिर्तन देखाउने गरेका छन् । भजनकिर्तन देखाएवापत झाँक्रीपानी पुग्ने पर्यटकहरुले आमा समूहलाई नगद पैसा सहयोग गर्दै आइरहेका छन् । भजनकिर्तन गाएर सङ्कलन गरिएको रकम स्थानीयले गाउँको विकास निर्माणका साथै लोपोन्मुख अवस्थामा रहेको भजनकिर्तनको संरक्षणमा लगानी गर्दछन् ।
उनीहरुले विदेशबाट गाउँ फर्कंदा लाहुरे स्वागत समेत गर्ने गरेका छन् । भजनकिर्तन गाएर सङ्कलित रकम गाउँको विद्याज्योती आधारभूत विद्यालयमा कार्यरत बालविकास सहजकर्तालाई मासिक दुईहजार पाँचसय रुपैयाँ, शैक्षिक सामग्री खरिद, सामुदायिक भवन निर्माणमा सहयोग लगायतका शीर्षकमा खर्च गर्ने गरेका छन् ।
Previous Articleको हुन् त योगेश भट्टराइ
Next Article अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी छनौट