पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, मा रहेको दरबाङ इङलिस बोर्डिङ स्कुलका दुईजना केन्पोकाई खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् ।
जापानको सिजुओकाकिङ हामामाचुमा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरबाङका दुईसहित तीनजना खेलाडी छनौट भएका हुन् ।
नेपाल केन्पोकाईको तर्फबाट १४÷१५ वर्ष उमेर समूहमा कक्षा १० का नारायण सिउँथानी र १०÷१३ वर्ष उमेर समूहमा कक्षा ७ का भिमसेन अधिकारी छनौट भएका प्रशिक्षक अनुप गौचनले जानकारी दिए ।
साउन २० गते जापान जान लागेका सिउँथानी र अधिकारीलाई बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको प्रवन्ध निर्देशक गोविन सिउँथानीले जानकारी दिए ।
Previous Articleभजनको संरक्षणमा आमा समूह
Next Article लमसुङका १० जनालाई सिलाइकटाई तालिम