म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री शिक्षा पत्रकारिता पुरस्काबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रुपमा प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कार–२०७५ बाट खत्री पुरस्कृत भएका हुन् ।
पत्रकार खत्रीलाई प्रादेशिक शिक्षा पुरस्कार (२०७५) बाट गण्डकी प्रदेशको प्रतिनिधित्व गराउँदै महासंघले पुरस्कृत गरेको हो । उनलाई काठमाण्डौमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा मङ्गलबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नगद २० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका थिए ।
महासंघ र केन्द्रले प्रदान गर्ने विभिन्न ३५ वटा पुरस्कारमध्ये ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ बाट म्याग्दी अनलाईन डटकम र समृद्ध साप्ताहिकका सम्पादक खत्री पुरस्कृत भएका हुन् । म्याग्दीमा विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका खत्री नयाँ प्रत्रिका दैनिक, रासस, एबिसी टेलिभिजनलगायत सञ्चारमाध्यममा समेत आबद्ध रहेका छन् ।