नेपाली संस्कारहरु धेरै प्रकारका छन् । त्यस्तै संस्कारमा रहेको एक हो खिरखाने दिन अर्थात् साउन १५ गते । आजका दिन नेपाली समाजमा खिर खाने दिनका रुपमा लिने गर्दछन् । वर्षातको अन्तिम तिरको समयमा धान रोप्ने काम सकिएपछि त्यसबाट शान्त भएर दूधमा राम्रो चामल पकाएर मिठो मानेर खाइन्छ । धेरै दूधमा थोरै चामल हालेर गिलो हुने गरी पकाएर बनाइने परिकारलाई खिर भनिन्छ भने नेपाली समाजमा खिरलाई निकै महत्वपूर्ण अनि मिठो परिकार मानिन्छ । कसैले केही राम्रो काम ग¥यो वा राम्रो होस भनेर आशिष दिनुका साथै राम्रो खबर सुनायो भने हाम्रो समाजबाट पहिलो पटक निस्कने शब्द हो तिम्रो मुखमा दूधभात जावस् । दूधभात होस दूध र चामल पकाएर बनेको खिर होस । नेपाली समाजका लागि निकै महत्वपूर्ण अनि अति मिठो मानिने परिकार हो ।
हाम्रो समाजमा खिर उत्सव, चाडपर्व तथा विशेष अवस्थामा प्रयोग गर्ने गरिन्छ । खिर पकाएर पाहुनालाई सत्कार गर्ने चलनपनि छ । यही खिर खानकालागि पनि साउन १५ गतेलाई महत्वका साथ लिएको पाइन्छ । साउन १५ गते सामान्यतया रोपाइ सकिएको खुशीयालीमा खिर खाने दिनका रुपमा पहिल्यै देखि मनाउँदै आइएको हो । साउनको महिनामा टपरीमा खिर खानुलाई छुट्टै आनन्दको रुपमा लिने भएकोले यसलाई महत्वका साथ हेरीनु स्वभाविक पनि हो । अहिले पछिल्लो समय सबै जसो आधुनिक भाँडाहरुको प्रयोग बढ्दो भएको समयमा खिर खानका लागि टपरीको प्रयोग गर्नु पनि सहि र पुरानो प्रयोगको निरन्तरतालाई पुनःताजगिको रुपमा पनि लिन सकिन्छ । प्रयोगको शैलिलाई कसरी व्याख्या गर्ने भन्ने हाम्रो आफ्नो मुल्याङ्कन हुन सक्ला तर पनि यसलाई अब्बल तौर तरीका हो भन्न पनि सकिन्छ ।
मानव र दूधको सम्बन्ध गहिरो छ । मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ दूधको परिकार । परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण आधुनिकता पनि यसको आकर्षण हो । दूध र चामल मिसाइएको यो भोजनको सम्बन्ध समुन्द्रमन्थनसंग पनि सम्बन्धित छ । दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा धार्मिक तथा सांस्कृतिक ग्रन्थहरुमा पनि लिइन्छ । वेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ’क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ’पायस’ तथा कतैकतै यसलाई ’तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ । दशैंको शुरुआत हुनुभन्दा पहिला श्रोह्रश्राद्धमा पनि खिरकै पिण्ड आफ्ना पितृहरुलाई दिइन्छ । त्यसैले बहुगुणु खाद्यान्न खिर खानु स्वास्थ्यका लागि पनि राम्रै होला कि ?
Previous Articleपत्रकार खत्रीलाई शिक्षा पत्रकारिता पुरस्कार
Next Article वेष्ट पोइन्टमा विद्यार्थी अभिमुखीकरण