पाल्पाली परिवार ओमानको भेटघाट तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ । जुलाई ५ मा ओमानको राजधानी मस्कटमा सम्पन्न भएको भेटघाट कार्यक्रम तथा पत्रकार सम्मेलनमा पाल्पाको मात्र नभई नेपालकै आकर्षक पर्यटकस्थल पाल्पामा रहेको रानी महल ओमानी नागरिक समक्ष चिनाउने प्रयासमा पाल्पाली परिवार लागेको छ ।
नेपाली राजदूतावास मस्कट ओमानका श्रम सहचारी कृष्ण गौलीद्धारा दिप प्रज्वलन गरेर सुरु गरिएको उक्त कार्यक्रममा “पहाड कि रानी रानीमहल भएको ठाउँ पाल्पा लाई ओमानमा चिनाऔं’ भन्ने नाराका साथ १ जनवरी २०१९ मा स्थापना भएको पाल्पाली परिवार ओमानको ५ जुलाई देखि औपचारिक रूपमा ओमानमा सुचारू गरिएको हो ।
पाल्पाली परिवार ओमानका अध्यक्ष गणेश प्रसाद पाण्डेको सभापतित्व र दूतावासका श्रम सहचारी कृष्ण गौलीको प्रमुख आतिथ्यता र परिवारका प्रवक्ता हरि प्रसाद न्यौपाने र सचिव कमल पराजुलीको संचालन रहेको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिका रूपमा गैरआवासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष विकल झा र तोलाकान्त भट्टराई रहेका थिए ।
यस अवसरमा ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, नेपाली समाज ओमानका अध्यक्ष जीवन ढुङ्गाना, गुल्मी सेवा समाज ओमानका अध्यक्ष दुर्गा प्रसाद ढकाल, अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज ओमानका अध्यक्ष सुशील पुन बिरहि, नेपाली जनसम्पर्क समिति ओमानका अध्यक्ष शालिकग्राम चापागाईं, प्रवासी नेपाली मञ्च ओमानका सोम श्रेष्ठ, नेपाली महिला समूह ओमानकी गोमा थापा, बाग्लुङ समाज ओमानका अध्यक्ष खेम खड्का थोकी, नेपाल मगर संघ ओमानका चित्रा थापा, नेपाली बुद्धभिजन ओमानका कृष्ण लामा, तमु समाज ओमानका उपाध्यक्ष अन्जना गुरूङ, दलित एकता सञ्जाल ओमानका मान बहादुर विक, विवेकशील साझा पार्टी ओमानका अध्यक्ष राजेन्द्र खनाल, तामाङ्ग समाज ओमानका उपाध्यक्ष विरोज लामा तमाङ्ग, पत्रकार सालिकराम आचार्य, रितु शर्मा सहित ६५ भन्दा बढी नेपालीहरु र ओमानमा रहेका पत्रकारहरूको सहभागीता रहेको पाल्पाली परिवार ओमानका सचिव कमल पराजुलीले जानकारी दिएका छन् ।
पाल्पाको प्रमुख पर्यटकिय क्षेत्र पहिचान गरेर पाल्पालाई पर्यटकको प्रमुख गन्तव्य बनाउने, ओमानमा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीहरू एकजुट गराइ सुखदुःखमा हातेमालो गर्दै राजनीतिक वातावरणदेखि टाढा रहेर निस्वार्थ भावनाले एक अर्कालाई सहयोग गर्ने , ओमानमा रहेका नेपाली कामदारहरूको हकहितका लागि निरन्तर सफल र सक्दो प्रयास गर्ने, पाल्पाली कला संस्कृति–रानी महल, करूवा, पाल्पाली ढाकालाई विश्व सामू चिनाउने उदेश्यका साथ पाल्पाली परिवार ओमान गठन भएको अध्यक्ष पाण्डेले बताउनु भएको हो । कार्यक्रममा वत्ताहरूले शुभकामना मन्तव्य राखदै पाल्पाली परिवारलाई सकदो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अगामी दिनमा राम्रा कामहरू गर्नेछन् भने विश्वास व्यत्त गरेका थिए । कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिनु हुने सम्पूर्ण लाई पाल्पाली परिवारले धन्यवाद र अभार प्रकट गरेको छ ।
यस अघि नै ११ सदस्यीय गठन भएको पाल्पाली परिवारले ५ जुलाई देखि औपचारिकता पाएको हो ।
विशिष्ट अतिथि तोलाकान्त भट्टराईले नव गठित समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने समापन सभाध्यक्ष पाण्डेले गरेका थिए ।
यस्तो छ नयाँ कार्यसमिति
गणेश प्रसाद पाण्डेको अध्यक्षतामा गठन गरिएको पाल्पाली समाज ओमानको कार्यसमितिको उपाध्यक्षमा नारायण खनाल, महासचिवमा यज्ञ पराजुली, सचिवमा कमल पराजुली, सहसचिवमा संदिप भण्डारी, कोषाध्यक्षमा शिव गैह्रे, सहकोषाध्यक्षमा प्रकाश भट्टराई, महिला विभाग प्रमुखमा सावित्रा पोखरेल (पाण्डे) र सदस्यहरूमा देव बराल शिव डुम्रे, पदम कोईराला रहेका छन् ।
त्यस्तै समाजको सांस्कृतिक विभाग प्रमुखमा मीन बहादुर थापा, ओम प्रकाश न्यौपाने, खेलकुद विभाग प्रमुखमा भेषराज भट्टराई, अनुशासन विभाग प्रमुखमा बाबुराम बस्याल तथा प्रमुख सल्लाहकारमा कृष्णप्रसाद भट्टराई, नेत्र भण्डारी, माधव अधिकारी र राजु अधिकारी रहेका छन् ।