म्याग्दीको बेनी नगरपालिका क्षेत्रका महिलाहरुलाई सिलाइकटाई तथा व्युटीपार्लरसम्बन्धी तालिम दिइएको छ । सदरमुकाम बेनीमा विगत दुई महिनादेखि सञ्चालित दुइवटै तालिम बिहीबार सम्पन्न भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग तथा बेनी नगरपालिकाको व्यवस्थापनमा सञ्चालन भएको २ महिने तालिम एक समारोहबीच समापन गरिएको हो ।
तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले तालिमले महिलाहरुको आयआर्जनमूलक व्यवसायमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । महिलाहरुलाई आम्दानीका क्षेत्रमा आबद्ध बनाएर व्यावसायिक उद्यमीको रुपमा दक्ष बनाई आर्थिक रुपमा सशक्त एवं आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको उनले बताएकी छिन् । महिलाहरु आर्थिक रुपमा बलियो नहुँदा घरेलु हिंसा बढ्ने गरेको भन्दै उनले महिलाहरुको सिप र क्षमता विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिइन् । साथै उनले तालिममा सिकेका सिपलाई व्यवहारिक रुपमा लागू गर्नुपर्नेमा जोड दिएकी छिन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका कार्यालय प्रमुख वरिष्ठ उद्योग अधिकृत सरिताकुमारी गौतमले व्यवसाय गर्न चाहने महिलाहरुका लागि कार्यालयले अनुदान दिने बताइन् । व्यवसाय गर्न चाहनेहरुले प्रक्रियागत रुपमा पेशा, व्यवसाय दर्ता गरेर आएमा कार्यालयले आवश्यक सामग्री खरिदका लागि ८० प्रतिशत अनुदान उपलब्ध गराउने बताएकी थिइन् ।
गएको बैशाख १्र९ गतेदेखि बिहीबारसम्म चलेको तालिममा ३२ जना प्रशिक्षार्थीहरु सहभागी भएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाले जानकारी दिए । उनका अनुसार सिलाइकटाइतर्फ २० र व्युटीपार्लरतर्फ १२ प्रशिक्षार्थीले तालिम लिएका छन् । सिलाइकटाई तालिममा बेसिक र एडभान्स तालिम दिइएको छ । सिलाइकटाई तालिमको प्रशिक्षक मेनुका सिलाइकटाई तथा टेलरिङका सञ्चालक मेककुमारी पुन र आयुष्मा टेलरिÞङका सञ्चालिका मिनाकुमारी पुन र व्युटीपार्लरतर्फ पिस साइन व्युटी होम एण्ड टे«निङ सेन्टरका प्रोप्राइटर प्रमिला जोशी श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
Previous Articleसमयको सदुपयोग
Next Article चितवन कारागारमा बन्दीहरुमाथि ब्रह्मलुट र यातना