चितवन : भरतपुर कारागारमा पछिल्लो समय कैदी बन्दीहरु शोषणमा पर्ने गरेका छन । गोप्य स्रोतबाट प्राप्त जानकारी अनुसार कारागार भित्र रहेका जेलर, नाईके, भाई नाईकेहरुले आँफू खुसी नियम बनाएर कैदी बन्दीहरुलाई शोषण गर्ने गरेको पाईएको छ ।
स्रोतका अनुसार कारागारमा रहेका कैदी बन्दीहरु जेलर कमल प्रसाद काफ्लेको अन्याय, शोषण, एवंम विभेदकारी व्यवहारबाट पिडित भएका छन । काफ्लेले कैदी बन्दीहरुले प्रयोग गर्ने टेलिफोन आफैले जडान गरी प्रति मिनेट ४ रुपैयाँको दरले लिएर कारागार भित्रै व्यवसाय गरेको नाम नबताउने सर्तमा भर्खरै कारागारबाट छुटेका एक व्यक्तिले बताएका छन । काफ्लेले लामो समय सम्म कारागार बसेका व्यक्तिहरुसँग मोटो रकम लिएर नाईके, भाई नाईके बनाउने र तिनै नाईके, भाई नाईकेहरुसँग मिलेर कारागारमा रहेका अन्य कैदी बन्दीहरु माथि शोषण गर्ने उदेश्यले आफू खुसि नियम बनाई हिटलरको व्यवहार देखाउने गरेको खुल्न आएको छ ।
जेलरको सहयोगमा नाईके भाई नाईकेहरुले भित्र कैदी बन्दीहरुलाई किराना पसल, फेन्सि पसल, जुस पसल,खेलकुद र मेसमा चर्को मूल्य लगाई शोषण गर्दै आएका छन । कैदी बन्दीहरु एउटा कारागारबाट अर्कोमा चलान हुदाँ कुनै रकम बिना चलान हुनुपर्ने ठाउँमा काफ्लेले भने भरतपुर कारागारबाट अन्य कारागार चलान गर्नुपर्ने कैदीहरु होस् वा अन्य कारागारबाट भरतपुर कारागार आउने कैदीहरु होस उनिहरुको परिवारसँग मोटो रकम माग गर्ने गरेका छन् ।
स्रोतको अनुसार माग गरेको रकम नभएमा काफ्लेले कैदीहरुलाई एक कारागारबाट अर्कोमा चलान गर्न गाह्रो मान्ने गरेको खुलासा भएको छ । सरकारले माफी मिन्हा गरेको कैदीबन्दीसँग पनि सिफारिसको लागि भन्दै रकम लिएर काफ्लेले सोझै भष्टचार गर्ने गरेको खुलासा भएको छ । सुत्रका अनुसार जेलर काफ्लेले समय समयमा आफूँ पावर भएको मान्छे हो मैल माथिबाट पुरै सेटिङ मिलाको छु कसैले चाहेर पनि मलाई यो कारागारबाट अन्यत्र सरुवा गर्न नसक्ने भन्दै माथिल्लो निकाएको पहँुच देखाउने गरेको खुलेको छ ।
चितवन कारागारमा रहँदा आँफूले जेलर, चौकिदार, नाईकेहरुको मिलेमतोमा भएको भष्टचार, अमानविय व्यवहार र कैदी बन्दीहरु माथिको शोषणको बिषयमा आवाज उठाँउदा रातारात दाङको काराकारमा सरुवा हुन पुगेको नाम उल्लेख नगर्ने सर्तमा भर्खरै कारागारबाट छुटेका पाण्डे थर भएका एक व्यक्तिले बताएका छन् ।
यस्तै जेलर काफ्ले ३ बर्ष भन्दा बढि भरतपुर कारागारमा शाखा अधिकृतको रुपमा काम गरिसेकेका छन् । निजामति कर्मचारीलाइृ किन ३ बर्ष हुदा पनि सरुवा गरिएन ? काफ्लेले भने अनुसार माथल्लो निाकाएबाट सेटिङ मिलाएर उनि सरुवा नभएको हुन त ? कहिले सम्म भरतपुर कारागारमा रहेका कैदी बन्दी अन्यायको मारमा पर्ने त ? यसरी कारागार भित्र राज गर्न पल्केका भष्टचारी र शासन गर्न पल्केका हिटलराई कारबाही नगर्ने हो भने कैदी बन्दीहरु शारिरीक र मानसिक समस्यामा पर्ने खतरा देखिएको छ ।
सुनिल पराजुलीले सौराह अनलाइनलाइ तयार पारेको सामग्री