मंगलबार बेलुका खेल्नका लागि निस्केका दुई जना बालकहरुलाई म्याग्दी खोलाले बगाउँदा बेपत्ता भएका छन् । बेनी नगरपालिका दुधेखोलाका दुई जना बालक साँझको समयमा खेल्नका लागि निस्केका उनीहरु एक्कासी खोलामा पुगेका थिए र उनीहरुलाई बगाएर बेपत्ता भएका छन् । विद्यालयहरुमा वर्षे विदा हुने र परिवारका सदस्यहरु वर्षातको कामका लागि व्यस्त हुने भएको हुनाले बालबालिकाको हेरचाहलाई विशेष ध्यान दिन पनि जरुरी छ । बालबालिकाहरुको हेरचाहमा ध्यान पु¥याउन सकिएन भने दुघेखोलाका बालबालिका जसरी अन्य बालबालिकाहरु पनि बेपत्ता नहोलान् भन्न सकिदैन । बालबालिकाहरु भनेको आफैमा पनि चकचके र कसैले पनि रोक्न नसक्ने गरी व्यस्त हुने भएकाले बालबालिकाहरुको हेरचाह गर्नुको विकल्प छैन ।
बागलुङ जिल्ला घर भई हाल बेनी नगरपालिका दुधेखोला बस्ने डम्बर काउचाका ८ वर्षिय छोरा र बेनी–३ हल्लेगौंडाका मनबहादुर रोकाका ८ वर्षिय छोरा असार १७ गते मंगलबार खोलामा पुगेर बेपत्ता भएका हुन् । उनीहरु जस्तै धेरै बालबालिकाहरु अहिले बर्खे विदाको समयमा घरमा बस्ने बालबालिकाहरुका लागि परिवारका पाका सदस्यहरुले हेरचाहमा विशेष ध्यान नदिने हो भने कुनै पनि प्रकारको अवस्था आउन सक्ने पक्का हो । बालबालिकाहरुका लागि बिदाको समय भनेको खेल्ने रमाउने अनि डुल्नका लागि हो भन्ने हुन्छ तर त्यस्तो समयमा उनीहरु कहाँ सम्म पुग्ने र कुन अवस्था सम्म आफू जोगिन सकिएला भन्ने हेक्का नहुने भएको हुनाले अभिभावहरुले बालबालिकाको हेरचाह गर्नका लागि निकै याद गर्नु पर्ने हुन्छ ।
ग्रामिण भेकमा रहेका सामुदायिक विद्यालयहरुमा अहिले वर्षे विदा भई सकेको छ भने सदरमुकाममा रहेका विद्यालयहरु भने अब असारको अन्तिम हप्ताबाट विदा भए पछि बालबालिकाहरु पर्न सक्ने सम्भावित जोखिमबाट जोगाउनका लागि हामी सबैले ध्यान दिनै पर्छ । बालबालिकाहरुलाई पढाइ अनि अन्य खेलकुद तथा सामाजिक कार्यको समेत ज्ञान दिने र खेतीपाती लगायतका घरायसी काममा पनि सहभागि बनाउनका लागि उत्तम समय वर्षात्को समय हुने हुँदा आफ्ना सन्तानलाई घरपरिवार अनि समाज सँग परिचित बनाउने तर्फ अभिभावहरु लाग्न पर्छ । समाज र आफन्त अनि परिवार प्रति उत्तरदायी बनाउने र समाजसँग परीचित बनाउनका लागि वर्षे विदाको समय सदुपयोग गर्नका लागि सबैले सोच्ने कि?
Previous Articleराष्ट्रपति रनिङ शिल्ड २४ गते
Next Article बेनीमा महिलालाई सिलाइकटाई तथा व्युटीपार्लर तालिम