जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही असार २४ र २५ गते पाँचौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड–२०७६ को आयोजना हुने भएको छ ।
बिहीबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले यही २४ र २५ गते छ वटा स्थानिय तह बीच राष्ट्रपति रनिङ शिल्ड हुने बताएका थिए । स्थानियतह स्तरको प्रतियोगितामा पहिलो र दोश्रो हुने खेलाडीहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष विश्वकर्माले बताए ।
अध्यक्ष विश्वकर्माका अनुसार राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स तर्फ फिल्ड तथा ट्रयाक तर्फ छात्रछात्रा बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै भलिबल, कबड्डी एवम् मार्सल आर्ट तर्फ उसु, तेक्वान्दो, कराँते खेल समावेश हुनेछ । ४८ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा छ वटा स्थानिय तहका दुईदुई टिमको सहभागिता हुनेछ ।
२५ गते बेनीमा प्रतियोगिता सम्पन्न भएपछि लगत्तै २६ र २७ गते प्रदेश स्तरको खेल पोखरामा हुनेछ भने २९–३१ सम्म केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौमा हुनेछ ।
प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो हुने स्थानिय तहलाई राष्ट्रपति रनिङ शिल्ड सञ्चालन निर्देशिकाले तोके बमोजिमको पुरस्कार तथा मेडल एवम् प्रमाणपत्रको व्यवस्था गरीएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।
यस पटकबाट प्रतियोगिता स्थानियतह बीचको प्रतियोगिता भएको हुनाले विद्यालय मात्र नभएर स्थानिय तहको पनि अपनत्वको रुपमा रहेको हुनाले पनि अबका जिल्ला स्तरीय प्रतियोगिता विशेष हुनेछन् ।
Previous Articleमेरी प्रेमिकालाई अमेरिकी राष्ट्रपतिले घृणा गर्छन्
Next Article समयको सदुपयोग