१. म फेरि फर्किएको छु !! कसम, मैले हार खाइसकेको थिएँ !! होइन, साँच्चै, म कसम खान्छु । गत वर्ष मेरो नाक भाँचिएको थियो र मैले सोबारे लेखेँ पनि ।
त्यसपछि भने यो लेख्न कला मेरो लागि होइनँ भन्ने मलाई लागेको थियो । मलाई सम्झना छ मैले मेरो सम्पादकलाई भनेको, ‘मेरी प्रेमिकाले अमेरिकी फुटबल, महिलाको खेल, समान ज्यालाको मुद्दा, गे प्राइड र सच्चा प्रेम सबैलाई सबै एकैपटक, काँधमा बोकेर फ्रान्सविरुद्ध रोमाञ्चक खेलमा दुई गोल गर्दै टीम अमेरिकालाई विश्वकको सेमिफाइनलसम्म पुर्याइरहँदा अमेरिकी राष्ट्रपतिले भने मेरी प्रेमिकालाई गिज्याउँदै घृणाले भरिएको ट्वीट गरे भने मात्र पुनः लेख्न सोच्न बाध्य बनाउनेछ ।’
हेर्नुहोस्, म आफूले भनेको कुरा पूरा गर्ने महिला हुँ । र, त्यही भएर यहाँ लेख्दैछु ।
२. सबैभन्दा पहिले यो स्पष्ट गर्न चाहन्छु : म मेगनका लागि गौरवान्वित छु !! र, सम्पूर्ण अमेरिकी महिला फुटबल टोलीबाट । मुख्यतः यही भएर यो लेख लेख्दैछु ।
त्यही भएर कृपा गरेर मेरी प्रेमिकाको पछिल्ला खेलहरुको प्रदर्शनलाई साँचिक्कै कदर गर्न केही सेकेन्ड खर्च गर्न सक्नुहुन्छ ? जस्तै, सबै ‘अन्य’ कुराहरुलाई नजरअन्दाज गरेर केही सेकेण्ड फुटबलमा मात्र ध्यान केन्द्रीत गरौँ ।
स्पेनबिरुद्ध दुई गोल । फ्रान्सविरुद्ध दुई गोल, त्यही पनि उनीहरुकै घरेलु मैदानमा । यहाँ म अन्य थुप्रै विषयमा चर्चा गर्न चाहन्छु र विश्वास गर्नुहोस् म त्यो गर्नेछु ।
तर, मलाई लाग्छ सर्वप्रथम यो वास्वतवमा कसको विषयमा हो भन्ने कुरा बिर्सनु हुँदैन । यो एउटा विश्वस्तरीय खेलाडीको विषयमा हो जो खेलकुदको सबैभन्दा ठूलो स्टेजमा आफ्नो शक्तिको उत्कर्षमा प्रदर्शन गरिरहेकी छिन् ।
यो मेगनको विषयमा हो ।
Richard Heathcote/Getty Images
३. ठीक छ ! यो कुरा स्पष्ट भएपछि, अब म प्रश्नको जवाफ दिनेछु । जुन सायद तपाईंहरुको मध्ये धेरैको दिमागमा होला । यो भन्नुको अर्थ ः तपाईंको प्रेमिकामाथि अमेरिकाको राष्ट्रपति एउटा किशोर केटो जस्तै बनेर खनिँदा कस्तो हुन्छ ?
वास्तवमा तपाईंलाई अनौठो लाग्ने छ । र, यसबारे मेरो प्रतिक्रिया भनेको म थोरै सशंकित बनेको थिएँ ।
तपाईंहरुले म र मेगनको बारेमा जान्नुपर्ने कुरा भनेको हाम्रो राजनीति समान छ । गत सिजन सियाटलमा महिला एनबीए उपाधि जितेपछि हाम्रो प्रतिक्रिया थियो – हामी कुनै पनि हालतमा ह्वाइट हाउस जाँदैनौँ !
तर, हाम्रो स्वभाव फरक छन् । र, उनीसँग भइरहेका यस्ता ‘विषय’हरुको बारेमा छलफल गरिरहँदा मैले इमान्दार भएर भन्नुपर्छ – केही विषयहरुले मलाई त्रसित बनाउँछ !!
केही कुराहरु हास्यास्पद पनि छन् । तर, के विषयले त्रसित बनाउँछ भने अब यो ती व्यक्तिको ट्वीटमा मात्र सिमित रहेको छैन । अब हरेक मेनसनमा ‘मेक अमेरिका ग्रेट अगेन’ का समर्थकहरु तपाईंविरुद्ध खनिन थाल्छन् ।
तपाईंको प्रिय व्यक्तिविरुद्ध ब्लगहरुमा खराब कुराहरु लेखिन थाल्छन् । फक्स न्युज मेगनबिरुद्ध खनिन थाल्छ । के थाहा अन्य ठाउँहरुमा यस्तै भइरहेका छन् । यो अनुभव मेरो लागि नौलो र बयान गर्न नसक्ने खालको थियो ।
तर, मेगन… उसलाई कसैले हल्लाउन सक्दैन । उनले आफ्नो कुरा गर्ने नै छिन्, आफ्नो गतिमा, आफ्नो लयमा । र, उनले कसैसँग माफी माग्ने छैनन् ।
जब गत हप्ता ट्वीटरमा ट्रम्प खनिए, मेगन यसबाट कतै पनि प्रभावित थिइनन् । भन्दा अनौठो लाग्छ, तर सो विषयमा यो कुरामात्र सामान्य थियो । यो कुनै अभिनय थिएन, देखावटीपन थिएन । मेरो लागि त्यो मेगन आफूलाई पहिचान गर्ने भिडियो गेको खेलमा निपूर्ण बने जस्तै थियो ।
मेगन जहिल्यै पनि आत्मविश्वासी छिन् तर यसको अर्थ उनी सँधै यस्तै रहन्छिन् भन्ने पनि होइन् । उनी अरु जस्तै संवेदनशील छिन्, सायद अरुभन्दा बढी नै । तर, उनले आफ्नो संवेदनशीलतालाई उपयोग गर्न सिकेकी छिन् ।
मलाई लाग्छ उनको यही संवेदनशीलतालाई उनलाई अरुका लागि लड्न प्रेरित गर्छ । जुन मेगनलाई तपाईंले अहिले देखिरहनुभएको छ, त्यो मेगनको शक्तिशाली रुप हो । अन्य पक्षबाट आउने धम्की र आलोचनाले उनलाई यस्ता कुराबाट अविचलित बनाएको छ । अरुलाई सहयोग गर्ने प्रयासले मेगनलाई वर्तमानको मेगन बनाएको छ ।
Elaine Thompson/AP Images
४. टिप्पणीबिना प्रस्तुत गरिएका केही शतप्रतिशत अनियमित र असान्दर्भिक तथ्यहरु ।
डोनाल्ड ट्रम्पले कहिले पनि महिला एनबीए च्याम्पियनलाई ह्वाइट हाउसमा स्वतस्फूर्त निमन्त्रणा गरेका छैनन् ।
सन् २०१७ मा जब अश्वेत महिला (डन स्टेली) बाट प्रशिक्षित दक्षिण क्यारोलिना महिला बास्केटबल टीमले नेसनल च्याम्पियनसीप जित्यो, उनीहरुलाई शुरुवातमा ह्वाइट हाउसमा आमन्त्रण गरिएको थिएन ।
सन् २०१९ मा श्वेत महिला (किम मुल्के) बाट प्रशिक्षत बेलर महिला बास्केटबल टीमले नेसनल च्याम्पियनसीप जित्यो, उनीहरुलाई स्वतः ह्वाइटहाउसमा आमन्त्रण गरियो ।
५. अब समय भएको छ ।
हामीले मेगनको गुलाबी कपालको बारे कुरा गर्नैपर्छ ।
मैले यो कुरा खुलेर भन्नैपर्छ म त्यसको विपक्षमा थिएँ । उफ… यो भन्दा निकै आन्दन आयो । म साँच्चै त्यसको विपक्षमा थिएँ । मलाई त्यो आवेशपूर्ण लागेको थियो, र मैले हुन्न भन्ने मत दिएँ । (वास्तवमा मैले साँच्चिकै मत दिन पाएको होइन । मेगनको फेसनको बारेमा हाम्रो सम्बन्धमा ‘परिस्कृत प्रजातन्त्र’ छ जहाँ हामी दुवैले आफ्नो धारणा राख्न पाउँछौ तर अन्तयमा मेगनले त्यही गर्छिन् जे उनलाई ठीक लाग्छ ।)
तर मलाई लागेको थियो – तिमी विश्वकपमा जाँदैछौँ । महान् कुराहरु गर्न र आशा छ, सबै कुरा राम्रो भयो भने, तिमी ती तस्विरहरुमा याद राखिनेछौँ… सधैँको लागि । सुनौलो कपाल तिम्रो पहिचानजस्तै थियो । तिमी सुनौलो कपालमा अद्भूत देख्थ्यौ । तर, गुलाबी ? मेगन, तिमी आश्वस्त छौ ? के तिमीपछि गएर पछुताउने त छैनौँ ?
तर, मेगन भने ढुक्क थिइन् । विश्वकप । गुलाबी कपाल । यो गरौँ । विश्वकपका लागि प्रस्थान एक दिनअघि उनले कपाल रङ्गाइन् ।
Brad Smith/ISI Photos/Getty Images
६. फ्रान्सको खेलमा फर्कौं । केही विचार त्यसको बारे ।
पहिलो, तपाईंले हेर्नुभयो कि भएन मलाई थाहा छैन तर मेरी प्रेमिकाले ट्वीटरको असभ्य व्यक्तिलाई टक्टकाउँदै खेल्न सफल भइन् … म भन्छु त्यो पनि राम्रोसँग ।
दोस्रो, फ्रान्सविरुद्ध !! त्यो अद्भूत थियो । मलाई आशा छ उनीहरुमध्ये केहीले यो पढिरहेका छन् । उनीहरु निकै सशक्त थिए, मलाई लाग्छ, पूरै प्रतियोगिता भर – त्यो पनि प्रतियोगिताको आयोजक भएको दबाबबीच । दुई गोलले पछि परेपनि अन्तिमसम्म उनीहरुले संघर्ष गरिरहे । म भने आफ्नो टीमको समर्थनमा कराइरहेको थिएँ । तर, कसैले हार्नुपर्छ भन्ने कुरा मनपराइरहेको थिइनँ ।
७. समान ज्याला बारे
म यसबारे केही कुरा राख्ने योजना बनाइरहेको थिएँ । तर, यसबारे थप सोचेँपछि मलाई लाग्यो यो कुरा छाडिदिँऔँ । यदि तपाईं, फुटबल होस् या बास्केटबल या कुनै सही उद्योग, यो लडाईंको सही ठाउँमा हुनुहुन्न भने मलाई तपाईंप्रति दुःख लाग्छ ।
किनभने तपाईं गलत हुनुहुन्छ ।
८. पूर्वानुमान
सेमिफाइलनमा मलाई लागेको थियो, हामीले इंग्ल्याण्डमाथि २–० को जीत हासिल गर्ने छौँ । अर्को सेमिफाइनलमा… मेरो स्रोतका अनुसार धेरैले नेदरल्याण्डले जित्ने आशा गरेका छन् । तर, अर्कोतर्फ स्वीडेन छ जसले हामीलाई ओलम्पिकमा हराएको थियो । त्यसैले स्वीडेन फाइनलमा पुगे त्यो रमाइलो खेल हुनेछ । मेरो विचारमा खेल नेदरल्याण्डले २–१ ले जित्ने छ ।
Catherine Steenkeste/Getty Images
९. मेगन गगल्स
मेगनले बेलाबेला यो गर्ने गर्छिन् । यो मेगनको गगल्स, जब म पहरिन्छु मलाई राहत दिन्छ । र, जब म आँखा खोल्छु, विश्वलाई मेगनको नजरियाबाट हेर्न मद्दत गर्छ । हाम्रो शुरुवातमा मैले मेगन गगल्सलाई ठट्टाको रुपमा प्रयोग गर्थे र अन्य जोडीजस्तै हामी हाम्रो कार्टुन भर्सनमा परिणत हुन्थ्यो । हाम्रो हकमा भने स्वतन्त्र मेगन र व्यवहारिक सु ।
तर, विस्तारै मैले यो महसुस गरे कि मेगन गगल्स ठट्टामात्र थिएन यो मेगनको ‘स्केलेटन कि’ जस्तै थियो । जब म मेगन गगल्स लगाउँथे, म उनलाई झन् राम्रोसँग बुझ्थे । र, साथसाथै आफूलाई पनि पहिचान गर्थे ।
म यो कुरा किनभन्दै छु भने गत शुक्रबार फ्रान्सविरुद्धको खेलमा सारा देशले फुटबल भन्दै थियो । हो, महिला फुटबल । जहाँ एक खुल्ला रुपमा समलिङ्गी सुपरस्टारले दुई गोल गर्दै खुसियाली मनाउँदै थियो । त्यही समलिङ्गी सुपरस्टार आफ्नो यौनिकतामा गर्व गर्दै थिइन् र आफ्नो यौनिकतालाई उक्त दुई गोलको जस दिँदै थिइन् ।
म अब ३० भन्दा बढी ४० को नजिक छु । केही वर्षअघि मात्र म कानूनी रुपमा विवाह गर्न योग्य भएको थिएँ । म तीन पटकको महिला एनबीए च्याम्पियन हुँ तर म चिन्ता लिन्छु, धेरै सोच्छु ।
तर, शुक्रबार ? मेरोलाई त्यो उत्तम दिन थियो । म अरु जस्तै बनेको थिएँ ।
म खुसी थिएँ ।
म पागल थिएँ ।
म गौरवान्वित थिएँ ।
म फुटबलबारे जानकार छु भन्ने बाहना नाटक गर्दै थिएँ ।
म अभिभूत थिएँ ।
म ठ्याक्कै अमेरिकी बनेको थिएँ ।
र, म मेगन र्यापिनोसँग प्रेममा थिएँ ।
सु बर्ड अमेरिकी व्यावसायिक बास्केटबल खेलाडी हुन् ।
द प्लेयर ट्रव्युनबाट अनुवाद गरिएको