बेनी अस्पताल म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा लाञ्छना तथा भेदभाव न्युनीकरणसम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी अस्पताल म्याग्दीको आयोजनामा एचआईभी संक्रमितहरुमाथि हुने लाञ्छना तथा भेदभावलाई न्युनीकरण गर्न कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरे, मेडिकल अधिकृत डाक्टर रिना लामिछाने, डा. अनिल पाण्डे तथा एआरटि परामर्शदाता पशुपति बानियाँले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले एचआईभी संक्रमितहरुलाई विभिन्न किसिमका लान्छना लगाएर भेदभाव गर्न नहुनेमा जोड दिए । उनले संक्रमितहरुलाई सबैले माया, ममता र हौसला दिएर समाजमा सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, अस्पतालका स्वास्थ्यकर्मी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरेको अध्यक्षता र अस्पतालका नायब सुब्बा लिलानाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleधान दिवस मनाउन मन्त्रीसहितको टोली बर्दियामा
Next Article वैदेशिक रोजगारी छाडेर गाउँमै तरकारी खेती