जिल्लाको बेनी नगरपालिका–९, घतान काउँलेगौंडाका तेजेन्द्र बानियाँ भारतको पटियालामा सम्पन्न भलिबल कोचिङ सर्टिफिकेट कोर्षमा ७९ प्रतिशत अर्थात ‘ए’ ग्रेड लिएर उत्कृष्ट बनेका छन् ।
म्याग्दीमा भलिबल खेलमा लोकप्रिय एवं काउलेगौंडा युवा क्लबका संस्थापक अध्यक्ष समेत रहेका बानियाँ खेलाडी हुँदै प्रशिक्षणमा समेत सक्रिय रहँदै आएका थिए । भलिबल खेलाडीको रुपमा पहिचान बनाएका बानियाँ प्रशिक्षणमा सक्रिय रहँदै आएकोमा पटियालामा ४५ दिनको प्रशिक्षणमा कक्षा प्रथम भएर विभिन्न चरणमा आफ्नो उत्कृष्टता प्रर्दशन गर्न सफल भएका हुन् ।
‘मेरो खेलकुद जीवनमै उत्कृष्ट कार्य हो, ‘मैले प्राप्त गरेको सीपले भविष्यमा थप उचाइमा पु¥याउन सहज हुनेछ’ बानियाँले ।
भारतीय खेल प्राधिकरणको आयोजनामा भएको प्रशिक्षणमा बानियाँ राष्ट्रिय खेलकुद परिषद्बाट ५० प्रतिशत शुल्कमा सहभागी भएका थिए । बानियाँको खेलबाट प्रशिक्षक समेत उत्साहित भएको बताइएको छ ।