तत्कालिन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपका माओवादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा दुई जना अध्यक्ष किन भन्ने प्रश्नमा सामान्य गाडी होइन यो जेट बिमान हो त्यसैले दुई जना चालक चाहिने तर्क गरीएको थियो । तर अहिले त्यो जेट कहाँ कुन गतिमा पुग्यो भन्ने जानकारी आएनआएको पक्कै पनि आम जनतालाई थाहै छ । जब सम्म मानिसले कुनै काम गर्दैन तब सम्म कुनै पनि हदमा उसले आफ्नो बारेमा घमण्ड गर्न सक्दैन । तर काम भयो र घमण्ड गरीयो वा त्यत्तीकै घमण्ड गरियो भन्ने बारेमा भने पक्कै पनि अरुले मुल्याङ्कन गर्ने नै हुन्छन् । त्यसको बारेमा पनि बोल्ने मानिसले पक्कै पनि सोच्न पर्छ ।
अहिले विश्वकै पुरानो र अनुशासित मानिएको चिनिया कम्युनिष्ट पार्टीले पार्टी शुद्धिकरण अभियानमा लाग्न तल्लो तह सम्मका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । निकै अनुशाशित तथा कडा मानिएको चिनिया कम्युनिष्ट पार्टीले समेत शुद्धिकरण थाल्छ भने नेपालमा रहेका पार्टीहरुले पनि आफै भित्र शुद्धिकरण थाल्नु पर्ने हो । पार्टीलाई नयाँ युगमा लैजान र लामो समय सम्म शासन गर्नका लागि पार्टी शुद्धिकरण आवश्यक छ भन्दै चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सिजिन पिङले पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । यसले के पनि देखाउँछ भने नयाँ तरीकाले अगाडी बढ्नका लागि शुद्धिकरण चाहिन्छ । शुद्धिकरण भन्नु पानी छानेर सफापार्ने नभएर जो कसैको पनि मनमा भएका खराब तत्वहरुलाई निराकरण गर्दै राम्रो चिजलाई लिएर अगाडी बढ्नु हो । विश्वमै शक्तिशालि मुलुक चीनले आफुमा शुद्धिकरण ल्याउनका लागि पहल गर्छ भने हामी अरुले पनि किन नगर्ने त?
चीनमा माक्र्सवादी शैलिमा शासन गर्नकालागि पार्टी शुद्धिकरण थालेका छन् भने नेपालमा पनि सबै पार्टीले आफ्नो आन्तरीक शुद्धिकरण थाल्नु पर्ने देखिन्छ । सकभर जो कसैलाई पनि पार्टीमा प्रवेश गराएर जितिन्छ कि भनेजसरी प्रवेश गराउने संस्कार पनि अन्त्य हुन जरुरी छ । अर्को पार्टीबाट प्रवेश गराउने समयमाा कुन हैसियतको मानिसलाई प्रवेश गराईयो भन्ने पनि हेक्का हुन जरुरी छ । राजनैतिक दलहरुले कुनै पनि हालतमा आफ्नो पार्टीलाई राम्रो र लामो समय सम्म शासन गर्ने खालको बनाउने हो भने सबैले पहिलो प्राथमिकताको रुपमा शुद्धिकरणलाई नै जोड दिनु पर्ने हुन्छ । पार्टी राम्रो र बलियो भएको खण्डमा मात्रै राष्ट्र पनि बलियो हुनुका साथै दिगो शासन गर्न सकिने भएकाले शुद्धिकरणलाई जोड दिनै पर्छ ।
Previous Articleमंगलाको बजेटसहित नीति, कार्यक्रम सार्वजनिक
Next Article बानियाँ भलिबलको ए ग्रेडको प्रशिक्षक