सन्तोष कटुवाल
असार । कटुवाल हेल्प नेटवोर्क नेपालका जोसिला हँसिला सकृय तर असक्त सदस्य श्री राजु कटुवालाई चार पाङ्ग्रे स्कुटर सोही संस्थाका सचिब लिला बहादुर कटवाल श्री रामजी कटुवाल र सकृय सदस्य श्री रूमेश कटुवालको सहयोगमा प्रदान गरिएको छ।
उहाँहरुको महान्तालाइ मध्यनजर गर्दै सामाजिक संस्था कटुवाल हेल्प नेटवर्क नेपालले उहाँहरूलाइ सम्मान गरेको छ। त्यस्तै गरी कार्यक्रममा प्रमुख अतिथी भू.पू. सेनापती श्री रुक्माङ्गद कटुवाल अथितिमा सहायक प्रमुख जिल्ला अधिकारी काठमान्डौका श्री कृष्ण बहादुर कटुवाल संस्थाको अध्यक्ष श्री शान्ता कटुवाल तथा समाजसेवी श्री रामजी, लीला, रुमेश, तिनभाइ द्वारा स्कुटरको चाबि हस्तान्तरण गर्नु भएको थियो ।
साथमा प्रमुख अतीथीको हातबाट रामजी कटुवाल, लिला बहादुर कटुवाल र रुमेश कटुवाललाई संस्थाको सम्मान पत्र प्रदान गरीएको थियो। यसरी नै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएकी समाजसेवी श्री गंगा पन्तलाई दोसल्ला ओढाई मायाको चिनो दिएर अध्यक्ष शान्ता कटुवालले सम्मान गर्नु भयो।
सदस्य प्रशान्त कटुवाल र लोक दोहोरी गायक अशिम कुमार कटुवालले संचालन गर्नु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई अनकुल मौसममा व्यस्त समयको वावजुद उपस्थित भइ कार्यक्रमको शोभा बढाई दिनु भएकोमा स्वागत गर्दै सकृय सदस्य श्री निरु कटुवालले स्वागत मन्तब्य राख्नु भएको थियो साथै मन्तब्य राख्ने क्रममा समाज सेवा असक्त असहाय बृद्द तथा गरिबिको क्षेत्रमा संस्था कटीबद्व रहने कुरा अध्यक्ष श्री शान्ता कटुवालले व्यक्त गर्दै सभा विसर्जन गर्नु भएको थियो। प्रमुख अतिथी भू. पू. सेनापती रुक्माङ्गद कटुवाल अथिति श्री कृष्ण बहादुर कटुवाल र अन्य मान्यजन बाट एकतानै बल हो अब एकजुट हौ जीबित छदै केही गरौ भन्ने जोसीलो मनोभाब ब्यक्त गर्नु भएको थियो।