नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा ले आह्वान गरेको बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित बनेको छ । सरकारले आपराधिक गतिविधि प्रतिवन्द लगाएको र आफ्ना कार्यकर्तामाथि सरकारबाट भै रहेको मुठभेडको नाममा हत्या तथा धरपकडको विरोधमा विप्लब नेतृत्वको समूहले वन्दको आह्वान गरेको हो ।
बन्दका कारण बेनी बजार क्षेत्रका पसलहरु आंसिक रुपमा खुलेको भएपनि शिक्षण संस्थाहरु भने पूर्ण रुपमा बन्द भएका छन् । सहकारी संस्थाहरु र बित्तिय संस्थाले पनि आफ्नो सटर बन्द नै राखेका छन्।
बेनी बाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधनहरु कुनै पनि छुटेका छैनन् । प्रहरीले भने सुरक्षा व्यवस्था मजबुत पारेको जनाएको छ । बिहान सबा दश बजे सम्म कुनै पनि अप्रिय घटना भएका छैनन् ।
Previous Articleकटुवालहेल्प नेटवर्कको पहलमा असक्त राजुलाई चार पाङ्ग्रे स्कुटर प्रदान गर्ने तीनभाई कटुवाल सम्मानित
Next Article उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी