संसारको ८० वटा मुलुकहरूमा आफ्नो संस्था विस्तार गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मेलन नजिकिँदैछ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् ।
त्यसै सिलसिलामा एनआरएनए ओमनले पनि आफ्नो पाचौँ राष्ट्रिय महाअधिवेसन यही जुन २८ तारिख मस्कटमा गर्दैछ । अधिवेशनको अवसरमा विश्वभरिका एनआरएनए नेताहरु मस्कटमा भेला हुन लागेको एनआरएनए ओमनले जनाएको छ ।
एनआरएनए ओमनका अध्यक्ष दिपक श्रेष्ठका अनुसार सम्मेलनमा सयौँको संख्यामा अतिथिहरूको सहभागिता रहने भएको छ । अहिलेसम्म एनआरएनएन आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, एनआरएनएन अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्य पूर्वका संयोजक आर के शर्मा, एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, एनआरएनए मध्य पूर्व सहसंयोजक गोपाल कँडेल र प्रवीण गुुरुगं, एनआरएनए आईसीसी सदस्यहरू चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन आर्याल, मध्य पूर्वका पूर्व संयोजक नरेन्द्र भाट, एनआरएनएन आईसीसी पूर्व उपाध्यक्ष टिबी कार्की, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, एनआरएनए बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए यूएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, एनआरएनए आईसीसी सदस्य विमल सुवेदी, विनोद भट्रराई, एनआरएनए मध्य पूर्व सहसंयोजक राजु सायद, एनआरएनए आईसीसी सदस्य अमित राई, आईसीसी सदस्य कमल श्रेष्ठ, एनआरएनए बेल्जियमबाट गोविन्द सुवेदी, बहराइनबाट दुर्गा गिरी, कुवेतबाट शर्मा राज गिरी, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरी सहभागी हुने टुङ्गो लागिसकेको छ ।
ओेमन मध्यपूर्वको सबैभन्दा महत्वपूर्ण एनसीसी मानिन्छ । हालका केन्द्रीय सचिव डिबी क्षेत्री यही एनसीसीको नेतृत्व गर्दे मध्यपूर्वको संयोजक हुँदै आईसीसीमा पुगेका हुन् । ओमनको अधिवेशनमा विश्वभरिका केन्द्रीय नेताहरूको हुन लागेको आवागमनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। एनसीसी ओमनको यो अधिवेशनले हङ्कङमा भएको एनआरएनए क्षेत्रीय भेला र अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रीय सम्मेलनको झझल्को दिने देखिन्छ । किनभने एनआरएनएका केन्द्रीय नेतादेखि अभियन्ता सम्मको सहभागिताले सबैको ध्यान केन्द्रित गराउने भएको छ ।
अहिले एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङ्कङमा भएको एनआरएनए क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रीय भेला भित्रभित्रै माहौल सुरु भएपनि अहिले सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् । योसँगै नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।
आगामी अक्टोवरमा हुन गइरहेको महाधिवेशनमा अहिलेसम्म अध्यक्षमा कुमार पन्तले उम्मेदवारी दिने पक्कापक्की भएको देखिन्छ । दोश्रो कार्यकाल उपाध्यक्ष बनिसकेका पन्तले आफूले उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरूको मन जितेको बताउँदै आएका छन् । अघिल्लो कार्यकालमै अध्यक्षका दाबेदार रहेका वर्तमान उपाध्यक्ष पन्तले आफु सर्वसम्मत अध्यक्षको हकदार बताउँछन् । यो पटक पन्तलाई बलियो उम्मेदवारको रुपमा पनि हेरिएको छ ।
तर वर्तमान अध्यक्ष भट्टले आफूले शुरु गरेका कार्यहरू बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोर्होयाउने आन्तरिक तयारीमा रहेका छन् । उनले अझै एक कार्यकाल दोर्होयाउने आकांक्षा राख्न थालिसकेका छन् । अध्यक्ष भट्ट आफ्नो कार्यकालमा धेरै कामहरू गरेको बताउँछन । आफ्नो कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भवन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम गरेर आफू सफल अध्यक्षको रुपमा उभिएको उनले दावि गरेका छन् ।
यता एनआरएनएको चुनाव नजिकिदै गर्दा ईछुक उम्मेदवारहरु आन्तरिक तयारीमा जुटेका छन् । यसपटक उपाध्यक्षको संख्या बढाएसंगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्यले पुनः दोर्होयाउने सम्भाबना रहेको छ । आचार्य अध्यक्षको दाबेदारीमै रहेपनि अन्तमा उपाध्यक्षमै रहने सम्भाबना बढेको छ । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब बद्री केसी, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामालगायत उम्मेदवार रहने जनाएका छन् । यस्तै महासचिवमा वर्तमान सचिव डीबी छेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेललगायतले आकांक्षा देखाएका छन् भने सचिवमा एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी अगाडि जान आकंक्षा राखेका छन् ।