युवा गायक दिपक कुँवर र निशा के.सीको स्वर रहेको गित छोड्यौ मलाई किन बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त गितको भिडियो बुधबार सार्वजनिक भएको हो ।
समसामयिक शब्दहरु रहेको उक्त गितको लागि रमेश रोकाले शब्द लेखेका छन् भने बिमलराज क्षेत्रीको लय रहेको छ । रातासितारा प्रोडक्सनको प्रस्तुती रहेको उक्त गितको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।
गितको म्युजिक भिडियोमा कृष्ण्ष भण्डारी, आयुश्मा कार्की, बलराम भुर्तेल र मनिस ठकुरीले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका छन् भने सीताराम भट्टराईको सम्पादन रहेको म्युजिक भिडियो त्रिवेणी डिजिटलमा तयार गरीएको हो ।