बेनी नगरपालिका क्षेत्रमा महामारी तथा प्रकोपजन्य रोगहरुको न्यूनिकरण गर्ने हेतुले मंगलबार अभिमुखिकरण कार्यक्रम आयोजना गरीएको छ ।
चौपासिक समिक्षा तथा अभिमूखिकरणमा बेनी नगरपालिका भित्रका स्वास्थ्यचौकीका ईन्चार्जहरुको सहभागिता रहेको थियो । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा बेनी अस्पतालकी डाक्टर मनु बि.क., स्वास्थ्य कार्यालय प्रमुख भिमप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिका भित्रका सात वटा स्वास्थ्य चौकी, तीन वटा सहरी स्वास्थ्य केन्द्र, एक सामुदायिक स्वास्थ्य ईकाइ र बेनी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला गौतमको सञ्चालनमा भएको कार्यक्रममा सिअहेव अधिकृत सोमनाथ उपाध्यायले स्वागत गरेका थिए भने बेनी नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्मालगायतको उपश्थिति रहेको थियो ।