पश्चिम म्याग्दीको मािलका गाउँपालिका–३, रुमको डाँडागाउँमा व्यावसायिक कुखुरापालन तालिम सम्पन्न भएको छ । संगम म्याग्दीको आयोजना र गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।
गत बिहीबारदेखि शनिबारसम्म तीनदिन सञ्चालित तालिममा पशु सेवा शाखा प्रमुख खगेन्द विश्वकर्मा, ध्रुव चोखाल, अर्जुन चोखाल र असुन चोखालले प्रशिक्षण दिएका थिए । तालिममा २१ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा वडा सदस्य ओमदेवी खत्रीले व्यवसायिक उद्यमी स्थापना गर्नका लागि तालिम सञ्चालन गरिएको बताए ।
महिला सञ्जालका अध्यक्ष नविना घर्तीको अध्यक्षता र प्रशिक्षार्थी शान्ति शेरचनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । साथै कार्यक्रममा २१ जना प्रशिक्षार्थीहरुलाई प्रतिव्यक्ति १० गोटाका दरले दुईसय १० वटा गिरीराज जातको कुखुराका चल्ला वितरण गरिएको गाउँपालिको जनाएको छ ।
Previous Articleस्वास्थ्यकर्मीलाई बालरोगको एकीकृत व्यवस्थापन तालिम
Next Article अझै सकिएन मोना–बेनी–लभ्लीहिल पदमार्ग