न्यु वेष्ट पोइन्टमा संचालित मन्टेश्वरी शैक्षिक तालिम सम्पन्न भएको छ । गत चैत्रबाट संचालन भएको जुनियर डिप्लोमो मन्टेश्वरीतालिम जेष्ठ १४ गते एक कार्यक्रमबीच समापन गरिएको हो । तालिममा सहभागी २४ जना सहभागीलाई तालिमको प्रमाण पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा सामान्य इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य ब्यक्त गर्दै उहाँले बाल विकास तहमा अध्यापन गराउन बाल मनोविज्ञानमा आधारित रहेर खेल्दै सिकाउंदै गर्नु पर्दछ र त्यसको लागि यस्ता तालिम अनिवार्य भैसकेको अबस्थामा यस्तो तालिम आयोजना गरेर शैक्षिक जनशक्ति तयार गर्ने कार्य गरेकोमा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनलाइ धन्यबाद दिनुभएको छ । कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, प्रिन्सिपल डिबी दाहाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । समापन कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशकहरु, सुबासकुमार श्रेष्ठ, शिबकुमार श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ यज्जनलाल शाक्य, शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ शिक्षक अभिभाबक संघ मन्टेश्वरीसंयोजक बिपिन बानिया, सदस्य खुमा सापकोटा, सिता कुँवर, सल्लाहाकार बिष्णु रोका, गणनाथ शर्मा पौडेल, बिद्यालय ब्यबस्थापन समितिका सदस्य पन्चमाया पुन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तालिम अबधिमा उत्कृष्ट कायर्, गर्ने रुचिका साथ सिक्ने प्रयास गर्ने, नियमितता लगायतका विधामा प्रशिक्षकको मूल्यांकनको आधारमा पुरस्कृत समेत गरिएको थियो । प्रत्येक प्रशिक्षार्थीहरुले आफ्नो अपेक्षा र सो अनुसार आफुले प्राप्त गरेको उपलब्धिबारेमा बोलेका थिए । साथै प्रशिक्षार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले समापन मन्तब्य ब्यक्त गर्दै शिक्षकले पढाउने नभएर सिकाउने हो यस्तो तालिमले बास्तबमै शिक्षकहरुमा सिकाइलाई कसरी ब्यबहारिक बनाउने भन्ने सिपको विकास हुनेहँुदा तालिम लिएका व्यक्ति नेपालको शैक्षिक बजारमा आफु जहिले पनि र जसरि पनि बिक्ने हुनुभएको र शैक्षिक बिकासमा ठुलो योगदान पुर्याउन शुभकामना समेत दिनु भयो । कार्यक्रम मन्टेश्वरीइन्चार्ज थरिमया पुन राइको स्वागत र बाल बिकास तह संयोजक आसा रोकाको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।
Previous Articleमुनामा माविस्तरीय निबन्धलेखन प्रतियोगिता
Next Article जनचेतनाको अभावमा पाठेघरको समस्या बढ्दै