उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको विभिन्न वडामा नेपाल कम्युनिष्ट पाटी (नेकपा)को पूर्ण बैठक सम्पन्न भएको छ । दोवा, भूरुङ–तातोपानी र दानामा पूर्ण बैठकको क्रममा वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई शपथग्रहण गराइएको थियो ।
दोवामा पालिका कमिटी सचिव पूर्ण पाईजाको सञ्चालन र वडा कमिटी अध्यक्ष कुलप्रसाद पूर्जाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य बुद्धी पुनले शपथग्रहण गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य बोमाया गर्बुजाले पनि मन्तव्य राखेकी थिइन् ।
यसैगरी अन्नपूर्ण–३, दानामा शनिबार वडा कमिटी अध्यक्ष रमेश पूर्जाको अध्यक्षता र टि थापाको सञ्चालनमा भएको बैठकका क्रममा गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष खड्ग गिरीले पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराएका थिए । जितबहादुर पूर्जाको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश फगामी, वडा अध्यक्ष नरसिङ पूर्जाले मन्तव्य राखेका थिए ।
त्यस्तै शनिबार नै अन्नपूर्ण गाउँपालिका–२, भूरुङ तातोपानीमा पालिका कमिटी खड्ग गिरीले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराएका थिए । वडा कमिटी अध्यक्ष यामबहादुर फगामीको अध्यक्षता, सचिव ईन्द्र थापा र लोकबहादुर पूर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा नेकपा जिल्ला सदस्य ओमप्रकाश फगामी र बुद्धी पुनले मन्तव्य राखेका थिए ।
Previous Articleनेतृत्वले बुझोस
Next Article महिलाहरुलाई उद्घोषण तथा कानुनी सचेतना तालिम