अहिले देशमा जति चर्चा चलेको छ नेकपाको सरकार अनि प्रतिपक्षले झिकेको बखेडाकै छ । नेपालमा निकै शक्तिशाली सरकार बनेको र त्यसको नेतृत्वमा केपी शर्मा ओली रहेको वर्तमान अवस्थामा नेकपा अनि केपी शर्मा ओलीको कार्यशैलि र पार्टीका अध्यक्ष द्वय केपी अेली तथा पुष्पकमल दाहलको नेतृत्व शैलिको बिरोधमा पार्टी पंक्तिबाटै कार्यकर्ता पनि उत्रीनुले पनि केही हद सम्म समस्या देखाएको हुन सक्छ । पार्टी एकताका लागि भएको लामो प्रयास अनि देशभर देखिएको पार्टी नेतृत्वको कार्यशैली मात्र नभएर स्थानिय तहमा भएका जनप्रतिनिधिले गरेको कामको पनि बिरोध भएको छ । हुनत राम्रो काम गर्नेको कहिल्यै चर्चा हुदैन जब केही कमिकमजोरी हुन्छ त्यसमा सबैले औंला उठाउनु स्वभाविक हो ।
नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भएर बनेको नेकपाको एकता प्रकृया लम्बीदै गएको बखत अहिले आएर पार्टीका जनवर्गिय संगठनहरुको एकताको ज्वरोले अहिले पार्टीलाई गाँजेको भान पाउन सकिन्छ । पार्टी एकता पछि जिल्ला संरचनामा एक पार्टीका अध्यक्षलाई अध्यक्ष र अर्कोलाई सचिव बनाएर सकेको नेकपाले विभिन्न जनसंगठनको एकता हुने क्रममा भने निकै रस्साकस्सी देखिएको छ । अनेरास्ववियुका उपाध्यक्षले आफ्नो फरक मत तत्काल राखेका थिए । त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्षले पनि अखिलको महासचिव भन्दा तल पुग्न म कसरी सुहाउने भन्दै प्रतिकृया दिएको अवस्थामा अन्य जनवर्गिय संगठनहरुमा पनि त्यस्तै प्रकारको खिचडी पाकेकै होला । जब सम्म नेतृत्वमै मिल्दैन तब कहिले आस गर्ने तल्लो तह सम्म मिल्ने? नेतृत्वमा पुगेकाहरुले नै रोइलो गर्दै हिड्दा तल्लो तहका कार्यकर्ताले के गर्लान्?
कुनै पनि चिजको मिलन हुनका लागि एकअर्कालाई राम्रो संग चिन्नु अनि बुझ्नु पनि पर्छ । तर अहिले पार्टी एकताको लागि भागबण्डाकै कुरा अगाडी आएको छ । पार्टी एकता हुँदा दुई पार्टीले आफ्नो हैसियतको आधारमा भन्दा पनि एकले एउटा पाएकोले अर्कोले अर्को पाउन पर्ने भन्ने जुन दावी छ त्यो सरासर गलत हो । कुनै पनि स्थानमा कसैलाई नेतृत्व दिँदै गर्दा कोटाको आधारमा भन्दा पनि क्षमता र दक्षताको आधारमा पाउन पर्छ । होइन भने पार्टीका लागि लामो समय देखि काम गरेका कार्यकर्ताको मनमा खिन्नता आउन सक्छ । जो प्रतिबद्ध र निष्ठाको राजनीति गर्छ त्यसलाई जोगाउनका लागि पार्टी नेतृत्वले बेलैमा बिचार गर्नु पर्ने अहिले नेकपा भित्रको कुण्ठा बाहिर आएको सिनारीले देखाएको छ ।
Previous Articleधार्मिकस्थल मालिका मन्दिरमा भक्तजनहरुको घुइँचो
Next Article अन्नपूर्णका वडामा नेकपाको शपथग्रहण