पर्वत साहित्य संगम कुस्मा पर्वत द्वारा प्रदान गरिने यस वर्षका विभिन्न ६ उत्कृष्ट साहित्य पुरस्कारहरु धौलागिरीका ६ सर्जक तथा साहित्यकारहरुलाई प्रदान गरिएको छ । मातातिर्थ औँशीको अवसरमा पर्वत सदरमुकाम कुस्मा वजारको नमुना आवासीय माध्यमिक विधालयमा वृहत साहित्यकारहरुको भेलासँगै औपचारिक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो । २०५४ सालमा स्थापना भएर नेपाली भाषा साहित्य र कला र संस्कृतीको क्षेत्रमा निरन्तर लागि परेर धौलागिरीकै अग्रज साहित्य संस्थाको रुपमा परिचत पर्वत साहित्य संगमको मातहतमा रहेका विभिन्न ६ वटा पुरस्कारहरु आज समर्पण गरिएको हो ।
पुुरस्कार प्राप्त गर्नेहरुमा पर्वतका राष्ट्रिय सरल कवी शान्तिनारायण श्रेष्ठ, बागलुङका प्राज्ञ प्रेम छोटा,काजि रोशन, म्याग्दीका अग्रज साहित्यकार धु्वलाल शर्मा, पर्वतकी नारी स्रष्टा कृष्णादेशी शर्मा श्रेष्ठ र पर्वतकै वाल प्रतिभा प्रकृती शर्मा रहेका छन् । सम्मानित व्याक्तित्वहरुलाई प्रदान गरिएका पुरस्कारहरुमा डिल्लीराम शर्माद्वारा स्थापित डिल्लीराधा साहित्य पुरस्कार वाट शान्तीनारायण श्रेष्ठलाई नगद रु १० हजार सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै पर्वत साहित्य संगमको आफ्नै स्थापनार्थ पर्वत साहित्य संगम साहित्य पुरस्कारवाट बागलुङका प्राज्ञ प्रेम छोटालाई नगद रु १० हजार सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै इन्द्रमान खत्री गजेन्द्र वहादुर खत्रीद्वारा स्थापित मान पदम स्मृती साहित्य पुरस्कार बागलुङका प्रेम छोटालाई प्रदान नगद रु १० दश हजार सम्मानपत्र र दोसल्ला ओढाएर प्रदान गरिएको हो । यसैगरी इन्द्रकुमार विकल्पद्वारा स्थापित गोपी नन्द स्मृती साहित्य पुरस्कार म्याग्दीका प्रगतिशील अग्रज साहित्यकार धु्रवलाल शर्मालाई नगद रु १० हजार सम्मान पत्र र दोसल्ला ओढाएर समर्पण गरिएको हो । नमुना आवासीय माध्यामिक विद्यालय कुस्माले स्थापना गरेको नमुना साहित्य पुरस्कार पर्वतकी नारी स्रष्टा कृष्णादेवी शर्मा श्रेष्ठलाई नगद रु १० हजार सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरी मुस्ताङका युवा साहित्यकार सुशीलबाबु थकालीद्वारा स्थापित संस्कृती वाल प्रतिभा पुरस्कार पर्वतकी वालप्रतिभा प्रकृती शर्मालाई नगद रु ५ हजार सम्मानपत्र र दोसल्ला ओढाएर प्रदान गरिएको हो ।
ञपुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय सभा सिनेटर प्रध्यापक डाक्टर दिनवहादुर थापाले पर्वत साहित्य संगमले साहित्यको क्षेत्रमा पु¥याएको योगदान समग्र धौलागिरी लगायत देशमै अतुलनिय रहेको वताए । थापाले पुरस्कृत व्याक्तित्वहरुलाई धन्यवाद दिँदै साहित्यमा लाग्नेहरु हिजोको वक्ता अवको स्रष्टा वा लेखकमा रुपान्तरण हुनुपर्ने र स्रोता स्रष्टा वा पाठक पनि रुपान्तरीत वन्नुपर्नेमा जोड दिए । अहिलेको समय प्रविधियुक्त नयाँ पुस्ताको भएकोले पढ्ने लेख्ने सुन्ने सुनाउनेमा नयाँ पद्धतीको विकास हुनुपर्ने र भाषण कलामा पनि परिवर्तन हुनुपर्ने वताए । थापाले साहित्यको वारेमा वोल्दै लेखनको उद्देश्य, पारदर्शीता जवाफदेहिता वर्गिय समानता लेखक र पात्र विचको घनिष्टता, मातृभाषाको उत्थान नयाँ ज्ञानको खोजी भाषाको मानानीकरण हुनुपर्नेमा जोड दिँदै काव्य र साहित्यको वारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा सम्मानितहरुले आफूहरुलाई उचित ठानेर पुरस्कृत गरेकोमा साहित्य संगमलाई धन्यवाद ज्ञापन गर्दै यस सम्मानले आफूहरुलाई थप उर्जासँगै हौसला मिलेको बताए । उनीहरुले धौलागिरीको पहिले र अहिलेको साहित्यको बारेमा समेत आफ्नो धारणा राखेका थिए । यस्तै पर्वत साहित्य संगमका अध्यक्ष तथा कार्यमक्रममा अध्यक्ष राजेन्द्र पहाडीले सम्मानित सबैमा थप प्रगतीको शुभेक्षा प्रकट गर्दै साहित्यलाई अझै सशक्त वनाउन आफू र संगम निरन्तर लागि पर्ने प्रतिवद्धता प्रकट गरेका थिए । धौलागिरीको साहित्यलाई अगाडि वढाउन पर्वत साहित्य संगमले गरेको पहलकदमीलाई सहकार्य गर्नका लागि उपस्थिति जनाउने सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गरेका थिए । सोही कार्यक्रमको अवसरमै म्याग्दीका साहित्यकार गणनाथ पौडेलद्वारा रचित महाकाव्य प्रायश्चितको समेत लोकार्पण गरिएको छ ।
कार्यक्रममा सम्मानित स्रष्टा कृष्णादेवी शर्माले कृष्णाउद्दोग साहित्य पुरस्कार उद्दोगबहादुर श्रेष्ठ संरक्षक रहने गरी रु ५० हजार वरावरको अक्षयकोष स्थापना गरेका छन् । यस्तै शुशील वावुले वाल प्रतिभा पुरस्कार लाई रु ३० हजार थप गरेका छन् ।
पर्वत साहित्य संगम कुस्मा पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता त्रिभुवन विश्व विद्यालय सभा सिनेटर प्रध्यापक डाक्टर दिन वहादु थापाको प्रमुख आथित्यता संरक्षक इन्द्रकुमार विकल्पको स्वागत मन्तव्य निवर्तमान इन्द्रमान खत्रीको शुभकामना मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संगमका सचिव खेमराज शर्मा चापागाईले गरेका थिए । इबागलुङबाट
Previous Articleविश्व रेडक्रस स्थापना दिवसमा ज्येष्ठनागरिक सम्मान
Next Article आन्तरिक पर्यटकको रोजाइमा ‘लभ्लीहिल’