म्याग्दीको सदरमुकाम बेनीमा ग्रामीण सामुदायिक विकास मञ्चद्वारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले आयोजना गरेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको आम्दानी खर्चसार्वजनिक भएको छ । रेडियो म्याग्दीकोे ११औंवार्षिकोत्सवको अवसरमा गएको चैत अन्तिम साता सञ्चालित महोत्सवको आयव्यय विवरण आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।
प्रथम पर्यटन महोत्सव आयोजक समितिका मूल संयोजक चिरञ्जीवी शर्माले महोत्सव भरी साढे २२ लाख बाराबरको आर्थिक कारोबार भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा रेडियोका स्टेशन म्यानेजर भरतबहादुर रकालले महोत्सवमा २० लाख ७५ हजार आम्दानी र २२ लाख २५ हजार खर्च भई रेडियोलाई एकलाख ७० हजार नोक्सान भएको बताए ।उनका अनुसार महोत्सवमा प्रशासनको कारणले तोकिएको समयसम्म महोत्सव सञ्चालन गर्न नपाएकाले महोत्सवमा लक्ष्य अनुसारको आम्दानी गर्न नसकिएको बताइएको छ ।
आम्दानीतर्फ प्रायोजकबाट दुईलाख टिकट बिक्रीबाट ११ लाख, स्टलबाट ६ लाख, अन्यबाट एकलाख ७५ हजार गरी कुल २० लाख ७५ हजार आम्दानी सार्वजनिक गरेका थिएभने खर्चतर्फ स्थानीय कलाकारतर्फ ८५ हजार, राष्ट्रिय कलाकारतर्फ नौलाख, साउण्ड र मञ्च व्यवस्थापनमा सातलाख, सुरक्षातर्फ दुईलाख र छपाई, प्रचारप्रसार, आवास तथा विधुत, लगायतको क्षेत्रमा दुईलाख ६० हजार खर्च भएको स्टेशन म्यानेजर रकालको भनाइ छ ।
रेडियोले लक्ष्य अनुसार आम्दानी गर्न नसकेपनि महोत्सव सुरु हुनुअधि महोत्सवबाट हुने केही आम्दानी ‘पत्रकार आकस्मिक कोष’ स्थापना गर्ने भनेबमोजिम घाटा भएता पनि १० हजारको आकस्मिक अक्षयकोषको सुरुगरिएकोजनाइएको छ । महोत्सवका मूल संयोजक शर्माले रेडियो म्याग्दीले ५८ लाख कारोबारको लक्ष्य लिएको थियो । तर प्रशासनको हस्तक्षेपले तोकिएको समय सीमासम्म महोत्सव सञ्चालन नहुँदा २२ लाख ४५ हजारको कारोबार गरिएको जानकारी दिए ।
रेडियोद्वारा आयोजना गरिएको महोत्सवबाट लक्ष्य अनुसारको आम्दानी गर्न नसकेपनि नयाँ अनुभव र थोरै लागतमा व्यवस्थित महोत्सव गर्न सकिने पाठ सिकेको जानकारी गराउँदै आगामी वार्षिकोत्सवमा पनि महोत्सव आयोजना गर्ने प्रतिबद्धता समेत म्यानेजर रकालले गरेका छन् ।
Previous Articleसातवटा सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम
Next Article प्रतिपक्षको धर्म