गायिका तथा संगितकार बुनु शर्मा उप्रेतीको नयाँ गित नक्कली नक्कली बजारमा आएको छ । बुनु उप्रेती र सबिन लिम्बुको स्वर रहेको गितको म्युजिक भिडियो हालै सार्वनिक भएको हो । नक्कलीमा बुद्ध सायमीले एरेन्ज गरेका छन् भने सम्पादन बिश्वास भण्डारीले गरेका छन् । गितको म्युजिक भिडियोमा दिलिप लामा सम्रिका पन्त सुश्मिता रसाइली र दिपेश लामाले अभिनय गरेका छन् ।
आधुनिक गितमा स्वर र संगित दिँदै आएकी बुनुको दामी दामी तथा टुट्यो टुट्यो जस्ता गितहरुले राम्रै बजार लिएका छन् ।