धौलागिरी गाउँपालिका–५ भेडिखाल्टास्थित पार्वती पुर्जाको घरमाभित्र प्रवेश गरेको भन्दै स्थानीय जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशबहादुर बिकलाई कुटपिट गर्दै घाइते बनाउएको आरोपमा दुई जनालाई वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको समाचार इन्सेक अनलाइनमा प्रकाशन भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले बस्ने बर्ष ४२ को रेशबहादुर बिकलाई धौलागिरी गाउँपालिका–५ का ३० वर्षीय जितेन्द्र जुग्जाली र ३५ वर्षीय बलबहादुर रोकालाई वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको हो ।
०७६ वैशाख ५ गते जनज्योती आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी पुर्जाको घरभित्र प्रवेश गरेको भन्दै बिकलाई कुटपिट गरी गोडाको हड्डीसमेत भाँचिदिएका थिए ।
घटनाको १० दिनपछि वैशाख १५ गते प्रहरीमा उजुरी दिएको भएपनि प्रहरीले वैशाख २२ गते मात्रै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताए ।