सिविन नेपाल म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा बालिका शक्ति परियोजनाका विषयमा अन्तत्र्रिmया र छलफल कार्यक्रम सम्पन्न भएको छ । सिविन म्याग्दीद्वारा बेनी नगरपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमबारे अन्तत्र्रिmया गरिएको हो ।
जिल्लामा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीको उपस्थितिमा सिविन नेपालले सञ्चालन गर्दै आइरहेको कार्यक्रमका विषयमा जानकारी गराइएको थियो । संस्थाको बारेमा जानकारी गराउँदै प्रशिक्षक चन्द्रप्रकाश बुढामगरले १९८७ मा स्थापना भएको सिविनले बाल अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको बताएका थिए । उनले सिविनमार्फत बाल हेल्पलाइन नेपाल १०९८ नम्बरको आपत्कालीन पैसा नलाग्ने टोल फ्रि नम्बर उपलब्ध गराइएको बताए ।
उक्त टोल फ्रि नम्बरमा बालअधिकार हनन् भएमा वा बालबालिकाहरुको विषयमा कुनै पनि समस्या परेमा जानकारी गराउन सकिने बताइएको थियो । सिविन म्याग्दीका कार्यक्रम अधिकृत वसन्त ढुङ्गानाले बेनी नगरपालिका क्षेत्रमा कार्यरत सिविनले बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बताएका छन् । उनले म्याग्दी जिल्लामा २०७३ सालमा स्थापना भएको सिविन म्याग्दीले आगामी ७७ सालसम्म बालबालिकाको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यक्रम अधिकृत ढुङ्गानाले युथ नेटवर्कमार्फत जिल्लाको सबै ठाउँमा बालबालिकाहरुलाई लक्षित गरेर कार्यक्रम चलाइने जानकारी दिए । कार्यक्रमका सहभागी पत्रकारहरुले नगरपालिका तथा गाउँपालिकाको दुर्गम र विकट क्षेत्रमा पुगेर कार्यक्रम सञ्चालनका साथै बाल अधिकारका विषयमा प्रचारप्रसार गर्न सुझाव दिएका छन् ।
Previous Articleमनोजले पाए उच्च शिक्षासम्मको अभिभावक
Next Article म्याग्दीमा नागरिकताभन्दा राहदानी लिने धेरै