सिड्नीः प्रवासमा रहेको खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले छन्त्याल परिवार अष्टे«लिया (सीपीए)ले पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी जुन ९ तारिख सिड्नीस्थित अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगितालाई मूख्य प्रायोजकको रुपमा वेल्सन इन्टरनेशनल प्रालिले सहकार्य गर्ने खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिए ।
सीपीए र प्रालिबीचको सम्झौतापछि प्रतियोगिता ‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबल कप’का रुपमा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ विजेताले २५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ सय अष्टे«लियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले ७ सय र उपविजेताले ४ सय अष्टे«लियन डलरसँगै मेडल र प्रमाणपत्र पाउने संयोजक छन्त्यालले जानकारी दिए ।
‘पुरस्कारको राशी अष्टे«लियामा नेपाली संघसंस्थाले सञ्चालन गर्ने प्रतियोगिताको तुलनामा निकै राम्रो राखेका छौं, त्यसका साथमा महिला प्रतिभा प्रस्फुटनका लागि पनि हामीले महिला भलिबल प्रतियोगिता राखेका हौं’, उनले भने । प्रतियोगितामा पुरुषतर्फ तीनसय ५० र महिलातर्फ एकसय अष्ट्रेलियन डलर प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा सहभागिताका लागि सिड्नीमा सञ्चालित भलिबल क्लब, जातीय संघसंस्थाका अतिरिक्त मेलर्वन र क्यानवेरामा समेत निमन्त्रणा पठाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल पस्कने लिफ्टर, स्पाइकर, बलकर, लिब्रो र प्रशिक्षकलाई व्यक्तिगत विधातर्फ पुरस्कार प्रदान गर्नेछ । नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएसँगै अष्टे«लियामा नेपाली समुदायमाझ यसको आकर्षण बढ्दो छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ४ टिमभन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको सीपीएले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेर तयारीलाई तीब्र बनाईएको सीपीएका अध्यक्ष् ापदम छन्त्यालले जानकारी दिए ।
‘सीपीएले सामाजिक उत्तरदायित्वका हिसाबले नेपालमा बाढीपहिरो जस्ता दैवी प्रकोपमा राहत, विभिन्न किसिमका बिरामीको उपचारमा सहयोग पनि गर्दै आएको छ’ । उनले भने, ‘यस पटकदेखि भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ, यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनेछौं ।’
Previous Articleनेकपा म्याग्दीको अध्यक्षमा पौडेल र सचिवमा श्रेष्ठ
Next Article हाईड्रोसिलको निःशुल्क अप्रेसन बेनीमै