प्रहरी कर्मचारीहरूको मनोवल उच्च राख्दै कार्यसम्पादनमा सफलता प्राप्त गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय म्याग्दीले २०७६ बैशाख महीना देखि प्रत्यक महिना एक जना प्रहरीलाइ सम्मान गर्ने भएको छ ।
महीनाभरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू मध्येबाट १ जनालाई नगद पुरस्कार सहित “POLICE OF THE MONTH” घोषणा गर्ने कार्यक्रमको घोषणा जिल्ला प्रहरी कार्यालयले गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासीनीले एक कार्यक्रमका बीच उक्त पुरस्कारको घोषणा गरेका हुन् । “POLICE OF THE MONTH” को छनौटको लागि प्रहरी निरीक्षकको अध्यक्षतामा ३ सदश्यीय छनौट समिति गठन गरीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यालय प्रमुखको रूपमा खटिएर आए देखिनै बिभिन्न सामाजिक कार्य तथा प्रहरी कर्मचारीको वृति विकाशमा विभिन्न कार्यक्रमहरू गर्दै आउनु भएका प्रनाउ मरासीनीले यस पश्चात प्रहरी कर्मचारीहरूलाई सीपमुलक तालिम प्रदान गर्न सक्षम जनशक्ती उत्पादन गर्ने र उनीहरुबाटै बिभिन्न तालिम प्रदान गर्ने योजना रहेको मरासीनीले बताए ।
साथै “समुदाय प्रहरी साझेदारी” कार्यक्रम मार्फत अझैसम्म समाजमा कायमै रहेको प्रहरी-समुदाय बीचको खाडल अन्त्य गरी म्याग्दी जिल्लाको शान्ति सुरक्षाको स्थितिमा अपेक्षाकृत सुधार ल्याउन आफू प्रतिवद्ध भएको कुरा समेत मरासीनीले बताएका छन् ।