सन्दिप शर्मा/दर्मिजा
महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दर्मिजामा निर्माण भएको पदमार्गको उद्घाटन गरेकी छिन् ।
पाँचलाख रुपैयाँको लागतमा निर्माण भएको पदमार्गको एकीकृत घुम्ती शिविरको सिलसिलामा चिमखोला जाने क्रममा बुधबार मन्त्री थापाले उद्घाटन गरेकी हुन् । पदमार्ग उद्घाटनपछि मन्त्री थापाले दग्नाम, दर्मिजा, चिमखोला कुईनेमङ्गले जोड्ने सडकका लागि चालू आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन भएको र आगामी वर्ष पनि योजनालाई निरन्तरता दिइने बताएकी छिन् ।
मन्त्री थापाले दग्नाम, चिमखोला र कुईनेमङ्गलेमा व्यवसायिक माछापालनको सम्भाव्यता अध्ययनका लागि विज्ञहरुको टोलीलाई साथमा ल्याएर आएको बताइन् । दर्मिजाको तातोपानी कुण्डदेखि धौलागिरी आइसफल पदमार्ग निर्माण गर्न बजेटको व्यवस्था गरिने उनले जानकारी दिएकी छिन् ।
धनकुमार शेरपुञ्जाको अध्यक्षता, वडा सदस्य धनप्रसाद गर्बुजाको सञ्चालन र दिपशिखा युवा क्लबका अध्यक्ष कपिन गर्बुजाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleसहकारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता
Next Article फोनिज म्याग्दीको संयोजकमा राम्जाली