बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुधबार म्याग्दीको सदरमुकाम बेनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘आर्थिक समृद्धि हाम्रो अभियान’ भन्ने नारासहित ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी विषयक नगरपालिकास्तरीय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो ।
कुल १० जनाले सहभागिता जनाएको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय माविका रक्षा सुवेदी प्रथम, गलेश्वर आदर्श आवासीय माविका आरती सुवेदी द्वितीय र जामुनाखर्क मावि अर्थुङ्गेका रश्मी शर्मा तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद पाँचहजार, तीनहजार र दुईहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र र नगद पाँचसय रुपैयाँ प्रदान गरिएको सहकारीका सचिव लक्षमण शर्माले बताए । कार्यक्रमका प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नका लागि बक्तृत्वकला कार्यक्रमले सहयोग पु¥याउने बताएका थिए ।
सहकारीका अध्यक्ष रमेश गिरीको अध्यक्षता, सचिव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक नेत्रबहादुर महतले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । प्रतियोगिताको स्रोतव्यक्ति डेकबहादुर बानियाँ तथा माधवप्रसाद रेग्मी र अजयमिलन श्रेष्ठले निर्णायकको भूमिका निभाएको संस्थाले जनाएको छ ।
Previous Articleव्यवसायिक उत्पादनमा लाग्न मन्त्री थापाको आग्रह
Next Article मन्त्री थापाद्वारा पदमार्ग उद्घाटन