एजेन्सी – बलिउडकी चर्चित नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एउटा भिडियो सार्वजनिक भएको छ । जुन भिडियो हेरेपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् ।
यो भिडियो एक विवाह कार्यक्रमको हो । भिडियोमा देखिए अनुसार उर्वशी र बोनी कपुर सँगै क्यामरामा पोज दिइरहेका छन् र यसैबीच बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काएको देखिएका छन् ।
यो भिडियो सोसल मिडियामा निकै नै भाइरल भइरहेको छ । तर उर्वसीले भने यसबारे मुख खोलेकी छन् । उनले एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै लेखेकी छन्, ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ? तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’
https://www.instagram.com/p/BvuQwRVADRK/