घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएका जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका प्रविण छन्त्याललाई म्याग्दी उद्धार समिति बहराईनले आर्थिक सहयोग गरेको छ । समितिका पूर्व सहसचिव समेत रहेका छन्त्याललाई समितिले शनिबार एक कार्यक्रम गरी प्रबक्ता रामचन्द्र पौडेल मार्फत ६४ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा प्रबक्ता पौडेलले लडेर घाईते भएको खवरले दुखी भएको बताउँदै सहयोगले उपचारमा केही राहत मिल्ने अपेक्षा गरे । ‘एउटै संस्थामा बसेर पीडितलाई राहत संकलन गरेका थियौ,‘समस्यामा समितिले क्षमता अनुसारको सहयोग गर्नेछ’ उद्धार समितिका अध्यक्ष लोक राम्जालीलाई उद्धित गदैं पौडेलले भने ।
बहराईनबाट फर्किएका छन्त्यालले गाउँ नजिक घाँस काट्ने क्रममा लडेर गम्भीर घाईते अवस्थामा हेलिकप्टरबाट पोखरामा एक महिना उपचार गरेका थिए ।सोही अवसरमा छन्त्यालले आफुँ आवद्ध संस्था मार्फत प्राप्त सहयोगले संस्थाप्रतिको जिम्मेबारी थपिएको बताएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनमगर लगाएतको उपस्थिती रहेको थियो । बहराईनमा रहेका म्याग्देलीको साझा संस्था समितिले त्यहाँ रहेका म्याग्देलीको समस्याका साथै म्याग्दीमा समेत विभिन्न सहयोग गर्ने गरेको छ । समितिले आर्थिक अवस्था कमजोर भएकालाई उपचारका साथै शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ ।
Previous Articleजिल्लास्तरीय स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यशाला गोष्ठी
Next Article महोत्सवले पर्यटन पर्यटन प्रवर्धनमा सहयोग पुग्छ