सबै मानिसहरु आ–आफ्नो कर्म क्षेत्र वा इच्छाएको क्षेत्रमा सफल हुन चाहन्छन् । यसका लागि वर्षौं वर्ष अनुसन्धान र कडा मेहनतसमेत गर्छन् । तर जब यस्ता व्यक्तिहरुको रिभ्यु लेखिन्छ, तब गम्भीर भएको जस्तो देखिँदैन । तरपनि उनीहरु आफ्नो कर्ममा निरन्तर लागिरहन्छन्, शीर ठड्याएर । यस्ता व्यक्तिलाई कसैले पनि रोकेर रोक्न सकिन्नँ । किताबको खोल हेरेर भित्र लेखिएका विषयवस्तुलाई निर्धारण गरिने खराब परम्पराको विरोधस्वरुप यहाँ हामी यस्ता सेलिब्रिटीको कुरा गर्दै छौं जो अंगका कारण चर्चित छन् । यसलाई एक व्यंग्यात्मक विरोधको रुपमा हेरौं ।
किम कार्दासियनको नितम्बः
टेलिभिजन पर्सनालिटी एवं रियालिटी स्टार किम कार्दासियन आफ्नो सुगठित शरिरका लागि परिचित छिन् । विशेषगरी उनको ठूलो नितम्बको अत्यधिक चर्चा हुने गरेको छ । उनको नितम्ब वास्तविक हुन् कि यो उनले शल्यक्रियामार्फत पाएकी हुन् भन्ने बारे धेरै नै बहस हुन्छ ।
काइली जेनरको ओठः
यी टेलिभिजन व्यक्तित्व, रियालिटी स्टार (यीमध्ये उनको वास्तविक काम कुनै पनि होइन) ले आफ्नो ओठलाई ठूलो बनाउन शल्यक्रिया नगरेको स्पष्टिकरण बारम्बार दिन्छिन् । क्लोवी कार्दासियनले भने काइलीले ओठलाई सुन्दर बनाउन कस्मेटिकका विविध तरिका अपनाएको दाबी गर्छिन् ।
कारा डेलिभिङ्नको आँखी भौंः
मोडलबाट नायिका बनेकी २६ वर्षे कारा डेलिभिङ्न आफ्नो बाक्लो आँखी भौंका लागि चर्चित छिन् । तर आफू युवावस्थामा हुँदा काराले आफ्नो त्यही सिग्नेचर आँखी भौंलाई कुनै बेला घृणा गर्ने गरेको बताउँछिन् ।
इन्स्टाइल म्यागजिनसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘मलाई मेरा आँखी भौं एकदमै मनपर्दैनथ्यो तर मेरी आमाले यी नै मेरा उत्कृष्ट विशेषता हुन् भन्नुहुन्थ्यो ।’
‘मलाई मेरा आँखी भौं अनुहारमाथिको ठूलो चिप्लेकिराजस्ता लाग्छ तर तपाईं भने यसलाई मेरो उत्कृष्ट विशेषता भन्नुहुन्छ ?’ मैले आमालाई यस्तो भन्थें ।
मलाई सानो आँखीभौं मनपर्दथ्यो त्यसकारण ट्वीजरले मिलाउँथे । म निकै पातली थिएँ, मलाई मोटी हुन मनलाग्थ्यो ।
काराले मानिसको भित्री सुन्दरता नै वास्तविक सुन्दरता भएको बताउँदै बाहिरी आवरणलाई कम महत्व दिनुपर्ने बताउँछिन् ।
जुलिया रोबर्टको हाँसोः
अमेरिकी नायिका एवं निर्माता जुलिया रोबर्ट हाँसोका लागि परिचित छिन् । उनले आफ्नो चम्किलो हाँसोको तीस मिलियन डलर (तीन अर्ब ३४ करोड रुपैयाँ) को बीमासमेत गरेकी छिन् ।
माइली साइरसको एब्सः
अमेरिकी गायिका, गीत लेखिका एवं नायिका माइली साइरस आफ्नो एब्सको लागि चर्चित छिन् । उनले विगत लामो समयदेखि योगा गर्दै आएकी छिन् । उनले सन् २०१६ मा लेखेकी थिइन्, ‘म योगा शरिरका लागि नभई दिमागका लागि गर्ने गर्छु । कि त योगा गर्नुहोस्, कि पागल हुनुहोस् !’
उनले नियमित योगा, व्यायाम र शाकाहारी खानपिनमार्फत पाएको एब्सको चर्चा पनि धेरै नै हुने गरेको छ ।
क्रिस्टिना हेन्ड्रिक्सको बक्षस्थलः
क्रिस्टिना हेन्ड्रिक्स एक सशक्त नायिकाको रुपमा परिचित छिन् । उनले टेलिभिजनमा प्रसारण हुने एक चर्चित कार्यक्रममा नारीवादी भूमिका निभाएकी थिइन् तर उनी उनी उक्त भुमिकाको साटो प्रकृतिले दिएको अंगका कारण चर्चित छिन् । उनको ठूलो बक्षस्थलबारे चर्चा परिचर्चा हुन्छ । उनले आफ्ना बक्षस्थल प्राकृतिक हुन् भनेर पनि पटक पटक स्पष्टिकरण नै दिनुपर्छ ।
जारेद लेटोको कपालः
कसले भन्छ, महिलालाई मात्र उपभोग्य वस्तुसरह व्यवहार गरिन्छ । पुरुष पनि हुन्छन् । अमेरिकी नायक, गायक, गीत लेखक एवं निर्देशक जारेद लेटो आफ्नो कामका लागिभन्दा पनि कपालका लागि चर्चित छन् । उनले विभिन्न समयमा अपनाउने हेयरकट चर्चाको विषय बन्ने गरेको छ ।
सिन्दी क्रोफर्डको कोठीः
सिन्दी क्रोफर्ड अमेरिकी मोडल एवं नायिका हुन् । उनी ओठमाथिको कोठीका कारण चर्चित छिन् । उक्त कोठीलाई उनको ट्रेडमार्क नै बताइन्छ ।