
लिलानाथ कोईराला /ओमन
यही २२ मार्च २०१९ का दिन ” नेपाली समाज ओमन “को १६औं बार्षिक ऊत्सव बिभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ सम्पन्न भयको छ।
अाेमनमा रहेका नेपालीहरुकाे सबैभन्दा जेठो साझा संस्था नेपाली समाज अाेमनले १६ अौं स्थापना दिवस हाेलिकाे अबसर पारेर बनभाेज कार्यक्रमको अायाेजना गरि हाेलि खेल्दै सम्पन्न गरेको छ।
मस्कटकाे टुरिजियम क्षेत्र कान्तब बिचमा रमाइलो का साथ एक अौपचारिक रुपमा कार्यक्रम भएको छ,नेपाली समाज अाेमनका काबा अध्यक्ष जीवन कुमार ढुंगानाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमको सन्चालन महासचिव दिल बा राेकाले गरेका थिए।
प्रमुख अतिथि सल्लाहकार एबम बयाेबृध ताेलाकान्त भट्टराई हुनुहुन्थ्यो।
भने बिशेश अतिथि नेपाली समाज अाेमनका भुपु अध्यक्ष लिलानाथ काेईराला र अतिथहरुमा नेपाली महिला समूह अाेमनकि अध्यक्ष उमा ढुंगाना ,जनसम्पर्क समिति अाेमनका सल्लाहकार दिपक पाैडेल,डिसि नेपालका ऋषि वाग्ले ,प्रभास खबरकि रिता शर्मा काे ऊपस्थिति रहेको थियो ।
स्वागत मन्तब्य काेषाध्यक्ष पार्बति श्रेष्ठले गरेकि थिईन।
शुभकामना दिदै महिला समूह अाेमनकि अध्यक्ष उमा ढुंगानाले नेपाली समाजले नै हामीलाई अाेमनमा मिलेर सामाजिक काम गर्न सिकाएको बताउनुभयो ।बनभाेज कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
त्यसैगरि नेपाली समाजका भुपु अध्यक्ष लिलानाथ काेईरालाले संक्षिप्त अाफ्ना भनाइ राख्दै यहि नेपाली समाजबाट नै म लगायतका धेरै साथीहरू अाेमनमा चिनजानपरिचय भएको र बिगतमा दुताबास नभएको अबस्थामा नेपाली दुताबास साउदी अरबमा नेपालीहरुका समस्याहरु अाेमनबाट पुरयाउने पहिलो सामाजिक संस्था नै नेपाली समाज अाेमन भएको बताउदै यहा धेरै संघसंस्था र सङगठनहरु हाल भए नि नेपाली समाज अाेमनलाई कसैले भुले भने अन्याय हुने बताउनु भयो ।
प्रमुख अतिथि ताेलाकान्त भट्टराईले यो संस्था नेपाली समाज अाेमनकाे नामै काफि भएको बताउदै अाजका दिनसम्म नेपाली समाजमा सकृयताका साथ लाग्ने सबैलाई धन्यवाद दिनुभयो ,नेपाली समाजले नेपालीहरुलाई दिएको सहयोगलाई सबैले सम्मान गरौ भन्दै धेरै संस्थाहरु यश अाेमनमा छन् ।
ती सबै संघ संस्था र संङ्गठनहरुका अबिभाबक नेपाली समाज अाेमन नै हो भन्नु भयो

बनभाेज तथा बार्षिक ऊत्सव कार्यक्रममा खेलहरु नि खेलाईएका थियो ।
फुटबल पुरुषको लागि र बेलुन फुटाउने र चम्चामा गुच्छा राखेर दौडिने खेल महिलाहरुका लागि थियो ।
बेलुन फुटाउनेमा माया रानामगर बिजेता भएकि थिईन भने चम्चामा गुछा राखेर दाैडनेमा सम्झना केसी बिजेता भईन र फुटबल खेलमा तिनटिम सहभागी थिए रन्जित अाचार्यकाे टिमले जित हासिल गर्याे ।
बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो ,कार्यक्रममा अनगिन्ती नृत्य ,गितसङगित,सामुहिक नाचगान गर्दै रमाइलो गरिएको थियो।
भने नेपाली परिकारहरु अचार,सेलरोटी ,ताजा खसीको मासु,सब्जि लगायतका धेरै नेपाली परिकार खाने ब्याबस्था अायाेजकले गरेको थियो ।
सरदार एकसय जना जति को ऊपस्थिति मा सम्पन्न कार्यक्रम मा नेपाली समाज ओमन को 16 औं स्थापना दिवस तथा बार्षिक ऊत्सव को अवसर पारेर राखिएको ऊक्त कार्यक्रम मा समाज ले खुशी साटासाट को साथै बार्षिक काम को समिक्षा गर्दै नया कार्ययोजना को तर्जुमा समेत गरेको थियो ।
बनभाेज तथा बार्सिक उत्सव कार्यक्रम को समाप्तिको घाेषणा गर्दै काबा अध्यक्ष जीवन ढुंगानाले सबै सहयोगीहरु ,अतिथिहरुलाई धन्यवाद दिनुभयाे।
कार्यक्रममा चिसो पानीकाे स्पाेन्सर गरेर सहयोग गर्नुहुने नेपाली समाजका भुपु अध्यक्ष गाेबिन्द गुरुङलाई बिशेष धन्यवाद दिदै कार्यक्रम बिसर्जन गर्नुभयको थियो ।
बैचारिक, मनोरञ्जन, खेलकुद, र कार्ययोजना गत सबै क्षेत्र लाई समेटेर तैयार गरिएको योजना र ब्याबस्थापन ले सबै लाई नया ज्ञान समेत प्रदान गरेको थियो ।
ओमन मा नेपाली दुताबास हुनुपर्छ भनि माग गर्ने पहिलो संस्था को रूपमा काम गर्दै आएको यस संस्थाको आफ्नै खाले ईतिहास रहेको छ ।