नेपालमा लगभग आधा जनसंख्या क्षयरोगको जोखिममा रहेको छ । नेपालको क्षयरोग तथ्याङ्कलाई आधार मान्ने हो र राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यलाई आधार मान्ने हो भने नेपालको जनसंख्याको ५० प्रतिशत जनसंख्या क्षयरोगले ग्रसित छ । विश्वमा भएको विज्ञानको विकास अनि मेडिकल पद्धतिको विकास भएको वर्तमान अवस्थामा लगायत उपचार पद्धतिको यो उचाईसम्म पुगेको अवस्था छ । तर पनि बिश्व जनसंख्याको एकतिहाई जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ । बिकासोन्मुख देशहरुमा यो जोखिमदर त झन बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ । विश्वमा जति सुकै प्रविधिको विकास भएको भएपनि कुनै पनि हालतमा रोगहरुको जोखिम भने खास घट्दो देखिदैन । कुनै एक प्रकारका रोग कम भएको भएपनि अर्को भने बढ्दो देखिन्छ ।
हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवसको रुपमा मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । अग्रेजीमा tuberculosis भनिने यो रोगलाई नेपाली समाजमा टिबी भनिने गरीन्छ, क्षयरोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस हो । पृथ्वीको लामो इतिहासलाई नियाल्ने हो भने क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायलाई सताउने गरेको पाइन्छ । क्षयरोगले जसरी मानवसभ्यताको विकास सँगै मानवलाई सताउँदै आएको छ त्यस्तै रेविजले पनि सताउँदै आएको पाइन्छ । निकै जोखिमपूर्ण रोग मानिने क्षयरोगबाट मानिसलाई सुरक्षित राख्नका लागि हामी सबैले पहल गर्नै पर्छ । अहिलेको अवस्थामा हेर्ने हो भने विश्वमा २० लाख मानिसले वर्षेनि ज्यान गुमाउने गरेका छन् क्षयरोगका कारण भने ८० लाख नयाँ क्षयरोगी थपिने गरेका छन् । नेपालमा मात्रै पनि क्षयरोगकै कारण वर्षेनि ७ हजारको मृत्यु हुने गरेको छ भने ४४ हजार नयाँ रोगी थपीने गरेको देखिन्छ । क्षयरोगको आक्रमण उर्जाशिल समयमै हुने गरेको देखिन्छ अर्थात् १५ देखि ४९ वर्ष उमेर समूहका मानिसलाई नै क्षयरोगको बढी आक्रमण भएको पाइन्छ ।
विभिन्न प्रकारका क्षयरोग मध्ये नेपालमा हुने ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डीको गर्दछन् । नेपाल सरकारले यस रोगको निःशुल्क उपचार गर्दछ । हामीलाई क्षयरोग लाग्यो कि लागेन भनेर थाहा पाउनका लागि सहज पनि छ । ३ हप्ता या बढि लगातार खोकी लागेमा तथा खकारमा रगत देखिएमा एवम् श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा क्षयरोग लागेको हुन सक्छ । त्यस्तै अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा पनि क्षयरोग लागेको हुन सक्ने भएकाले नजिकैको स्वास्थ चौकी गएर जचाउन पर्दछ । क्षयरोग सर्ने र नसर्ने खालका हुने भएकाले शारीरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो संक्रमणले सहजै डेरा जमाउन सक्दछ । तर क्षयरोग संग अब डराउनु पर्ने चाँही छैन किनभनें यो रोगको निशुल्क उपचार हुन्छ र नियमित औषधि सेवन गरेमा पूर्ण रुपमा निको हुन्छ । नेपाल सरकारले सन २०३५ सम्ममा ९५ प्रतिशत मृत्युदर कम गराउने लक्ष्य लिएकोले त्यसलाई भेट्नका लागि हामी सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्ने कि?