एजेन्सी – केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए ।
अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ । प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन् ।
प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा समावेश भएसँगै उनको चर्चा थप चुलिएको छ । प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा छन् ।
त्यस्तै, गायिका बियोन्स, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन् । प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन् । भनिन्, ‘अद्भुत महिलाहरुसँग यो सूचीमा अट्न पाउँदा आफूलाई सौभाग्यशाली महसुस गर्दछु ।’