म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयको मन्टेश्वरी ब्लकको आयोजनामा कक्षा नर्सरीदेखि २ कक्षासम्म अध्ययन र्ने बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको विद्यालयले जनाएको छ ।
बेनी अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले बालबालिकाको तौल, उचाई, आँखा, दाँत, नाक, कानलगायत स्वास्थ्य परीक्षण गरेको थियो । बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर अनिल पाण्डे, अहेवद्वय चन्द्राकुमारी पूर्जा र अनिता गौतमले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए ।
बालबालिका र अभिभावकहरुलाई स्वास्थ्यप्रति सचेत र जागरुक बनाउन वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य परीक्षण गरिएको विद्यालयका संस्थापक÷निर्देशक बालकृष्ण सुवेदीले जानकारी दिएका छन् ।
Previous Articleदिच्यामका विद्यार्थीको स्वास्थ्य उपचार
Next Article हिउँ नपग्लिँदा गूर्जामा खाद्यान्न अभाव