पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको दिच्यामस्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सोमबार उपचार भएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
विद्यालयमा अध्ययरत विद्यार्थीहरु भाईरल ज्वरो र रुघाखोकीबाट ग्रसित भएपछि क्लबको संयोजनमा प्राथमिक उपचार केन्द्र दरबाङका प्रमुख डा. गणेश श्रेष्ठ र डा. तिलक गौतमसहितको स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा अध्ययरत विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको लायन्स क्लब अफ दरबाङका सचिव दिवाकर सुवेदीले बताए । उनका अनुसार विद्यार्थीको समस्यालाई मध्यनजर गरी औषधीसहितको स्वास्थ्य सुविधा समेत उपलब्ध गराइएको थियो ।
विद्यालयमा अध्ययनरत ४६ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक जगतबहादुर खत्रीले जानकारी दिएका छन् । दरबाङको अब्बल फर्मका सञ्चालक थमन गौतम, इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका सुरक्षाकर्मीको टोलीलाई क्लबका अध्यक्ष एवं दरबाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए ।
शिविरको अवसरमा बोल्दै अध्यक्ष सुवेदीले लायन्समार्फत सामाजिक तथा मानवीय सेवालाई केन्द्रित गरेर काम गर्ने बताएका थिए । मालिका गाउँपालिका भित्रका सबै बस्तीका जनतालाई सेवा दिइने हुँदा विपद्को अवस्थामा लायन्स क्लब समेत सँगै रहेको उनले बताएका छन् । लायन्स क्लबले स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएकालाई उपचारसहित विभिन्न कार्यक्रमहरु गर्दैं आइरहेको छ ।
Previous Articleहिमपातले १२ सय पशु–चौपाया मरे
Next Article लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परीक्षण