बागलुङ, १३ कात्तिक
अञ्चल आयुर्वेद औषधालयको आयोजनामा धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवश शुक्रवार मनाइएको छ । हरेक बर्ष काग तिहारको दिन पारेर मनाइने यो दिवशमा बोल्ने वक्ताहरुले नेपालीको खानपानमा आएको परिवर्तनले आर्युवेदीक औषधिको असर कम हुँदै गएको टिप्पणी गरे ।
उनीहरुले औषधि चिन्न नसक्दा जडिवुटी विदेशमा पठाएर आधुनिक औषधि महंगो मूल्यमा किनेर खान बाध्य भएको गुनासो पनि गरे । आर्युवेदका पिता मानिने धनवन्तरीको जन्मजयन्तीको अवसर पारेर यो दिवश मनाइने गरिएको छ ।
एलोपेथिक औषधि आउनु अघि आर्युवेद औषधि तथा उपचार पद्दतीलाइ जीवन रक्षाको माध्यम बनाइने गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले केही बर्ष अघि सम्म अधिकांस नेपालीले आर्युवेदीक औषधिको भरमा सबै उपचार गरेको भन्दै नेपालीको खानपानले असर कम हुदै गएको बताए ।
उनले मद्यपान, धुम्रपान, लगायतका अन्य खानपानले आर्युवेदीक औषधिले नछोएपछि एलोपेथिक खानुपर्ने बाध्यता भएको बताए । आर्युवेदको तुलनामा यो धेरै महंगो पर्ने समेत उनको धारणा थियो ।
औषधालयकी प्रमुख डा. रोजिता ताम्राकारको अध्यक्षता, कविराज दामोदार शर्माको संचालन र स्वास्थ्य रक्षाका लागि क्रियाशिल आयुर्वेद समाजका अध्यक्ष रमाकान्त शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा एमालेकी सचिवालय सदस्य सावित्रा राना, राप्रपा नेपालका अध्यक्ष नविन सर्बुजा, बागलुङ बारका अध्यक्ष केवश पराजुली, धौलागिरी अञ्चल अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल, मुक्तिनाथ अस्पतालका अध्यक्ष दुर्गादत्त आचार्य, देवबहादुर श्रेष्ठ र पत्रकार दिल शिरिष लगायतले बोलेका थिए ।
हाल बागलुङमा अञ्चल आर्युवेद औषधालय र ५ वटा इलाका समेत ६ स्थानमा यो उपचार सेवा संचालनमा छ ।
Previous Articleयात्रा संस्मरण – मुस्ताङको हावासँग कावा खायौं
Next Article १३ कात्तिक २०७३, ढोरपाटन दैनिक