नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले नेपाल ट्रेड युनियनको ७३औं स्थापना दिवसको अबसरमा अनाथ बालबालिकालाइ शैक्षिक सामग्री सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।
‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मूल नारासहित स्थापना भएको ट्रेड युनियन म्याग्दीले बेनीबजारमा रहेको बाल सङ्गठनमा रहेका १३ विद्यार्थीहरुलाई तीनहजार बारबरको शैक्षिक सामाग्री सहयोग गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
शैक्षिक सामग्री सहयोग कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले आफ्नो पेशामा रहेर पनि आस्था रहेको पार्टीलाई सहयोग गर्ने ट्रेड युनियनको योगदान ठूलो रहेको बताए । उनले कार्यक्रमको अबसरमा यही फागुन २५ गते हुने कांग्रेसको विशाल आमसभाका लागि आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग गर्न आह्वान समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद रेशमबहादुर बानियाँ, नेपाली कांग्रेसका सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव क्या. मिनबहादर कार्की, बाल सङ्गठन पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा युनियनका सभापति कोमल उपाध्यायले ट्रेड युनियनले पेशाको सम्मान गरेको बताएका थिए ।
Previous Articleमहाशिवरात्री पर्वमा गलेश्वरमा तीनलाख भेटी सङ्कलन
Next Article कृषि बैंकबाट राज्यकै उपहास