सुरज् काफले
हरेक हरेक ऋतुमा बाहिरै ,
बसन्तमा त ठीकै हुन्थ्यो !
शरद ऋतुमा पनि बाहिरै,
उ अाफैँ नै भित्र अाउँदैन थियो,
मेरो गुणवान भोटे कुकुर ।
जब बच्चा थियो,
चन्चले थियो ।
जिस्कँदै भित्र बाहिर गरिरहन्थ्यो,
भित्र पसेको म रूचाउन्नथेँ,
त्यसैले,
बाहिरै बनेको छ उसको घर !
मेरो बच्चो भोटे कुकुर ।
मेरा पाहुना अाउँथे, जान्थे !
म निस्किन्थेँ काममा,
थकान भइ फर्कन्थेँ पनि,
उ पुच्छर हल्लाएर स्वागत गरिरहन्थ्यो,
मेरो इमान्दार भोेटे कुकुर ।
निख्खरा कालो थियो,
चन्द्रमा जस्ता अाँखा,
शंख जस्तो स्वर,
समुद्रको छाल जस्तो उफ्राइ
इमान्दार, सफा मन भएको,
अनि,
निष्ठा र कर्ममा कहानीको वीरवल ।