लिलानाथ कोइराला / पुर्ण विश्वकर्मा
ओमनको मस्कट स्थित रहेको रुवि अल मासाहलमा २८५५ औं साेनाम लाेहाेसार भब्य सब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन तामाङ बिधिबिधान अनुसार पुजापाठ गर्दै पानसमा बत्ती बालेर महामहिम राजदुत सर्मिला पराजुलीले गर्नु भएको थियो । राष्ट्रिय गान, सहिदको सम्मानमा एक मिनेट मौन धारण गर्दै, सुरु भएको सास्कृतिक कार्यक्रममाको संचालन नेपाल तामाङ समाजका बरिस्ठ उपाध्यक्ष बिराेज तामाङले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल तामाङ समाज अाेमनका अध्यक्ष प्रेम तामाङले गर्नुभएको थियो । प्रमुख अतिथिमा नेपाली दूतावासकि राजदुत सर्मिला पराजुली रहनु भएको थियो । बिशिस्ट अतिथि एन आर एन सचिब डिबि क्षेत्री , अन्तर्राष्ट्रिय मगर मंचका सदस्य गिरमान गाहामगर , अतिथिहरु नेपालबाट अाएका कलाकार दाेय मिङस लामा , सुरज थापा एन आर एन ओमनका अध्यक्ष दिपक श्रेष्ठ, प्रवासी नेपाली एकता मञ्चका उमेश बिक,नेपाली समाजका प्रतिनिधि अर्जुन श्रेष्ठ ,नेपाली महिला समुहकि अध्यक्ष उमा ढुंगाना , बुद्ध भिजनका सल्लाहकार अाेमकार तामाङ ,क्रिस्चियन फिलाेसिपकि हेमा श्रेष्ठ ,नेपाली जनसम्पर्क समितिका महामन्त्री नवीन पङगेनि ,बिबेकशिल नेपाली दलका जिबन कार्की ,अाेमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत ,तमु समाजमा अध्यक्ष पुर्ण गुरुङ ,नेपाल मगर सङघ कि रुपा पुनमगर ,दलित एकता संजाल बाट सुसिला सुनार,बागलुङ समाजका अध्यक्ष खेम खडकाथाेकि ,गुल्मी सेवा समाजका सचिव दुर्गा प्रसाद ढकाल ,सगरमाथा युवा समुहका अध्यक्ष नगेन्द्र पौडेल ,अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष सुशील पुन बिरहि,नेपाल तामाङ समाजका सल्लाहकार दाबा लामा ,समाजसेवी गाेबिन्द गुरुङ ,बिमल ढकालकाे रहेको थियो
उक्त बृहत सास्कृत कार्यक्रममा स्वागत भाषण नेपाल तामाङ समाजका सचिव कृष्ण तामाङले गरेका थिए ।तामाङ डम्फु नाचबाट सुरु भएको सास्कृतिक कार्यक्रममा अाेमनमा रहेका करिब २५ अाेटा भन्दा धेरै नृत्य ,गायनहरुले दर्शकहरु नचाएका थिए ।
नेपाल बाट अाएका राष्ट्रिय कलाकार दाेय मिङस लामा र सुरज थापाको गायनले झमझमि नाच्नुका साथै गायक सुरज थापाले सारङगि बजाएर परदेशिका पिडाहरु समेटिएको गितले भने सबैलाई भाबुक बनाएको थियो । कलाकार मिङस लामाकाे तामाङ सेलाेकाे गायनले कतै हामी नेपाल कै गाउँघरमा नै रहेको त छैन जस्तै बनाएको थियो ,करिब ३०० भन्दा धेरै नेपालीहरुकाे उपस्थिति रहेको कार्यक्रममा प्रायायोजक हिमाल रेमिटेन्स, अलजदिद एकसचेन्ज काे रहेको थियो । साेनाम लाेहाेसारकाे शुभकामना दिनु हुदै महामहिम राजदूत सर्मिला पराजुलीले नेपाल बहुलजाति, बहुसांस्कृतिक बहुभाषिक भएको मुलुक हो ।
तामाङ समुदायको याे साेनाम लाेहाेसारले राष्ट्रिय एकता अापसि सद्भाव सहिष्णता अनि एक अर्का सम्मानकाे बिकास हुने बताउनु भयो । अन्य अतिथिहरुले पनि आ आफ्नो बिचार राख्नु भएको थियो ।
अन्तिममा कार्यक्रमको बिसर्जन गरदै नेपाल तामाङ समाज ओमनका अध्यक्ष तेज ब. तामाङ प्रेमले उपस्थित सबैलाई धन्यवाद दिनुका साथै अागामि दिनहरूमा पनि सबैको साथ समर्थन पाउने अाशा राखदै कार्यक्रम समाप्त भयो ।