स्पेनिस फुटबल क्लव बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सी संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने फुटबलर बनेका छन् । उनले यो सूचीमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो, फ्रान्सका एन्टोइन ग्रिजम्यान र ब्राजिलमा नेयमारलाई उछिनेका छन् । गोल डटकमले फ्रान्सको समाचार पत्र एल इक्विपलाई उद्धृत गर्दै लेखेको छ कि मेस्सीको एक महिनाको पारिश्रमिक ८३ लाख यूरो (१ अर्ब ७ करोड नेपाली रुपैयाँ) छ ।
समाचारमा जनाइएअनुसार युभेन्टसका लागि खेल्ने रोनाल्डोको मासिक पारिश्रमिक ४७ लाख युरो (६० करोड नेपाली रुपैयाँ) छ । गत वर्ष रुसमा भएको विश्वकपको उपाधि जित्ने टिम फ्रान्सका खेलाडी एन्टोइन ग्रिजम्यान यो सूचीमा तेस्रो नम्बरमा छन् । उनको मासिम पारिश्रमिक ३३ लाख युरो (४२ करोड नेपाली रुपैयाँ) छ ।
यो सूचीमा चौथो र पाँचौं स्थानमा क्रमशः नेयमार र लुइस सुआरेज छन् । ब्राजिलियन स्टार नेयमारले प्रतिमहिना ३०.६ लाख युरो पारिश्रमिक पाउँछन् । उरुग्वेका स्ट्राइकर सुआरेजले २९ लाख युरो प्रतिमहिना पारिश्रमिक पाउँछन् । मेस्सीले लामो समयदेखि बार्सिलोनाको लागि विभिन्न प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आइरहेका छन् । स्पेनिस लिग ला लिगामा मेस्सीले बार्सिलोनाको लागि ४ सयभन्दा धेरै गोल गरिसकेका छन् ।
रोनाल्डोलाई झण्डै दोब्बरले उछिन्दै मेस्सी बने संसारका सबैभन्दा धेरै तलब लिने फुटबलर । स्पेनिस फुटबल क्लव बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सी संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने फुटबलर बनेका छन् ।