प्रतिकुल मौसमका कारण शुक्रबारदेखि पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा सुरु हुन गैरहेको प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता स्थगित भएको छ । बिहीबार बिहानैदेखि परेको वर्षाले आवश्यक तयारीका साथै खेलकुद गतिविधि नै प्रभावित हुने भएपछि अर्को सूचना जारी नहुदाँसम्म प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाका सूचना अधिकृत राजेन्द्र आचार्यले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म वर्षा हुने बताएपछि गाउँपालिका अध्यक्ष शतप्रसाद रोका लगायतको उपस्थितिमा भएको तयारी छलफलमा प्रतियोगिताका खेलकुद गतिविधिलाई वर्षाले सहज नहुने भएकाले पनि प्रतियोगिता स्थगित गरिएको हो । प्रतियोगिता स्थगित भएको बारेमा गाउँपालिका भित्रका सबै मावि विद्यालयलाई जानकारी पठाइएको छ ।
मंगलाको खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले प्रतियोगिताको तयारीमा रहेका विद्यालयलाई अनुकुल मौसम भएपछि अर्को बैठकबाट मिति तय हुने जानकारी दिएका छन् । मंगला खेलकुद गतिविधिमा अब्बल मानिन्छ ।
Previous Articleफागुन पहिलो हप्ता मालिकामा राष्ट्रपति रनिङ शिल्ड
Next Article दृष्टिविहिन विद्यार्थीहरुलाई खाजा वितरण