फागुन महिनाको पहिलो हप्ता मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । फागुन ३ गतेदेखी ५ गते सम्म संचालन हुने प्रमुख प्रशाकिय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ लाख पचास हजार रुपौयाँ खर्च हुने अनुमान गरिएको अधिकृृत उपाध्यायले जानकारी दिए ।
एघार विद्यायलयको सहभागिता रहने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवडि गरि तीन बिधाका प्रतियोगिता सञ्चालन हुने शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र, द्वितिय विद्यालयले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र पुरस्कार पाउने कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तनाथ जैसीले जानकारी दिए । छात्र र छात्रा भलिबल खेल,कवडि र एथलेटिक्सतर्फका प्रथम, द्धितिय तथा तृतिय हुने विद्यालयले क्रमश १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गएिको छ ।