नेपाली समाजमा तेश्रो लिङ्गी तथा समलिङ्गी अनि यस्तै समुदायका व्यक्तीहरुलाई हेर्ने दृष्टिकोण फरक छ । अनि समाजले उनीहरुलाई गर्ने व्यवहारपनि निकै भिन्न छ । यस्तै भिन्न व्यवहार बाट आजित हुँदा हुँदै पनि समाजलाई परिवर्तन गर्ने अनि आफू जस्तै समुदायका व्यक्तिहरुलाई खुलेर बाहिर आउन सक्ने बनाउनका लागि खट्नेहरु मध्ये एक पोखराका बिन्दिया गौतम सँग रुप्से ग्रुपका लागि अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादीत अंश :
–अहिलेको विन्दीयाको बाल्यकाल तथा अध्ययनको समय के कस्तो थियो त?
आमाको कोखबाट जन्म लिँदा म बालकको रुपमा जन्मिएको थिए । म जन्मदा मेरो आमा बाबाले छारोको जन्म भएको भनेर धेरै खुशी हुनुभएको थियो रे । जब म हुर्कदै गए त्यो बेला मलाई आफू बालकको जस्तो कहिल्यै महशुष भएन । म आफूलाई जहिले पनि महिलाको रुप भएको महशुष गर्दथे । बच्चा बेलामा आझ मेरा केटा साथीहरु फुटबल गुच्चा, लड्डु अन्य खेल खेल्न जान्थे तर म चाँही केटी साथीहरु सँग भाडाकुटी खेल्ने पुतली बनाउने खेल खेल्दथे अनि म जहिले पनि भाँडाकुटी खेल्ने क्रममा म आमा बन्नु पर्ने केटा रोजी बिहे गरेको अनुभव गर्ने गर्दथे । स्कुल जीवनमा मलाई साह्रै गाह्रो भएको थियो । जब म विद्यालयमा जान्थे मलाई मरो स्कुलको सिनियर दाई दिदीहरुले छक्का, हिजडा जस्ता उपनामले जिस्काउँदा स्कुल नै नजाउँ जस्तो लाग्दथ्यो । स्कुल जीवनमा मेरो केटा साथीहरु भन्दा धेरै केटी साथीहरु थिए । स्कुल जीवनमा म कक्षा ७ सम्म कक्षाको प्रथम विद्यार्थी थिए म । पढ्नमा, नाच्नमा, गित गाउने अन्य अतिरिक्त क्रियाकलापमा जहिले पनि प्रथम द्वितिय नै हुने थिए । पढ्नमा तेज भए पनि मलाई मेरो सिनियर दाई दिदीहरुले जिस्काउँदा नरमाइलो लाग्दथ्यो । मलाई स्कुल जीवनमा धेरै पिडा भनेको जब मलाई ट्वाइलेट लाग्दथ्यो त्यो बेलामा हुन्थ्यो । मलाई पिसाव लाग्दा म केटाकोमा जाउँ कि केटीकोमा जाउँ हुन्थ्यो मलाई । त्यो बेला साह्रै गाह्रो हुन्थ्यो । कति पटक त स्कुलमा ट्वाइलेट नगई कनै घरमा फर्कने बेला सम्म ने पिसाब रोकेर घर पुगेर पिसाब फेरेको पिडा यस्तै धेरै समस्या छन् । यस्तै पिडा र यातना झेल्दै १० पास गरे । म प्लस २ पढ्ने बेलामा पनि मलाई कलेजमा जिस्काउने मलाई देखेर हास्ने गर्दथे । तै पनि म हार नमानी उच्चमावि पास गरेँ ।
–कलेज पढ्ने समयको कस्तो थियो अनुभव ?
स्नातक पढ्नका लागि पिएनसीमा भर्ना भए । मलाई सुरुका दिनमा त केही भएन तर पछि पछि मलाई त्यहाँ पनि जिस्काउने गर्न थाले जब कि उनीहरु क्रिकेट खेल्ने, लुडो खेल्ने गर्दथे उनीहरुले छक्का परेमा मेरो नाम लिने गर्दथे । मलाई देख्ने वित्तीकै जिस्काउने गर्दथे । लुडोमा छक्का प¥यो भने विन्दिया प¥यो भन्ने क्रिकेटमा छक्का हाने पनि विन्दिया हान्यो भन्ने गर्दथे । त्यो देखेर बुझेर मलाई पढ्न जान मन लागेन मैले मेरो पढाईलाई बिच समयमा अन्त्य गरेँ ।
– अहिलेको अवस्था कसरी सृजना भयो त अनि पोखरा आसपासमा यस्ता व्यक्तीहरु के कती होलान् ?
पोखरामा सन २००७ मा निलहिरा समाजको शाखा कार्यालय खोल्ने कुरा भयो । म त्यस शाखामा २००७ मा काम गरेँ । शुरुका निमा पोखरामा धेरै तेश्रो लिङ्गी साथीहरु पनि समाजमा खुलेर आउने वातावरण भएन । तै पनि पोखरामा पहिलो पटक मिडियामा म तेश्रो लिङ्गी हुँ भनेर आए त्या बेला मलाई धेरैले घृणा गर्दथे । म सँगै पढेका साथीहरु नबोल्ने, मलाई देखेर हास्ने जिस्काउने गर्दथे । कतै पनि म हिम्मत नहारी अगाडी बढेँ मेरा साथीहरुलाई समाजमा अगाडी आएर आफ्नो समस्या राख्न आग्रह गरेँ २००७ मा एक्लै थिएँ पनि अहिले २०१९ मा आउँदा समाजमा खुलेर आएका तेश्रो लिङ्गी महिला र पुरुष मात्र ४० जना भन्दा बढी छन् भने हाम्रो सम्पर्कमा आउने पोखरामा मात्रै ५ हजारको हाराहारीमा छन् । एलजिबिआइटी गरेर ५ हजार हाराहारी छन् ।
अहिलेको अवस्था के छ ?
पहिले समाजमा परिवारमा अपहेलित भएर बस्न पर्ने पिडा । मान्छेहरु हास्ने जिस्काउने गर्दथे भने अहिले पुरै रुपमा त कम भएको छैन तर केही हद सम्म भए पनि थोरै कम भएको छ । शुरुका दिनमा पोखरामा काम गर्न निकै नै गाहो थिो भने अहिले आएर हाम्रो संस्था र यौनिक तथा लैङ्गिक अल्पसंख्यकर्लाइ भनेर नगरपालिका जिल्ला समन्वय समितिले बजेट छुट्याउने गरेको छ । कति तेश्रो लिङ्गी साथीहरुले सिलाई बुनाई तालिम लिएका छन् । ड्राइभिङ तालिम, कुक तालिम लिएकाहरु पनि प्रसस्तै छन् ।
के हो त लेजवियन, गे, बिसेक्सुअल एवम् ट्रान्सजेन्डर, इन्टरसेक्सड अनि तेश्रो लिङ्गी भनेको? हाम्रो समाज पनि यस्ता होलान् कसरी थाहा पाउने त ?
– लेस्बीयन– भनेको महिला समलिङ्गी हो । जो जन्मदा बालिका भएर जन्मीएको हुन्छ र आफू महिला भएर पनि महिला सँग नै मानसिक, शारिरीक र भावनात्मक रुपले आकर्षण हुनेलाई लेस्बीन भनिन्छ । गे– पुरुष समलिङ्गीलाई गे भन्ने गरिन्छ । जो जन्मदा बालक भएर जन्मन्छ र आफूलाई पुरुष भएर पनि पुरुष सँग नै मानसिक, शारिरीक र भावनात्मक रुपमा पुरुष सँग नै आकर्षण हुनेलाई गे भनिन्छ । विसेक्सुअल– दुई लिङ्गि जो व्यक्ति महिला पुरुष दुवै सित आकर्षण हुन्छ भने त्यो व्यक्ति दुई लिङ्गी हो । ट्रान्सजेन्डर– तेश्रो लिङ्ग बाल भएर जन्म भएको र पछि बयस्क बन्ने क्रममा आफूलाई महिला सोच्ने महिलाको गेटअप गर्ने र पुरुषलाई मन पराउने व्यक्तीलाई तेश्रो लिङ्गी महिला भनिन्छ भने जन्मदा बालिका भएर जन्मीएको र पछि हुर्कदै बढ्ने क्रममा आफूलाई कहिल्यै पनि महिला नठान्ने र पुरुषको हाउभाउ गर्ने कपाल काट्ने, पुरुष जस्तो देखिने र महिला प्रति आकर्षित हुने व्यक्ती तेश्रो लिङ्गी पुरुष भनिन्छ । इन्टरसेक्सड – जो जन्मदा न महिला न पुरुषको जस्तो अस्पष्ट लिङ्ग लिएर जन्मीएको हुन्छ उसलाई अन्तरलिङ्गी बच्चा भनिन्छ । तेश्रो लिङ्गी महिला जो जन्मदा बालक र हुर्कने बढ्ने क्रममा महिलाको जस्तो हाउभाउ गर्ने महिलाको ड्रेसमा हिड्ने महिलाको भावना विकास भएको र आफूलाई तेश्रो लिङ्गी महिला भनेर चिनाउन चाहेको ।
बिन्दियाले आफूला अहिलेको अवस्थाको वारेमा कहिले थाहा पाएको हो त ?
– मलाई लाग्यो म जब सानो थिए, साथीहरु सँग खेल्ने क्रममा म आफूलाई महिलाको रुपमा बस्ने खेल्ने आमा बन्न मन पराउनेखालको थिए । तर म तेश्रो लिङ्गि नै हुँ भनेर चाँही जब एसएलसी पास भए त्यो बेला थाहा पाएको थिए । साप्ताहीकमा सुनिल बाबु पन्तको अन्तर्वार्ता हेरे पछि ।
परिवार र समाजबाट कस्तो अवस्था भोग्न परेको थियो ?
– शुरुको दिनमा आफूलाई तेश्रो लिङ्गी भएको कुथा घर परिवारलाई भन्न नसकेको, समाजले छक्का, हिजडा जस्तो उपनामले जिस्काउदा मानसिक तनाब सहनु परेको थियो ।
यौनिक तथा लैङ्गिक समुदाय कस्तो समुदाय हो ?
– यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय एकदमै प्राकृतिक तर समाजले नबुझीदिँदा आफ्नै पहिचान र अधिकारको लागि लडिरहेको समुदाय हो ।
मानव अधिकारका विश्वव्यापी सिद्धान्तहरुले हरेक मानिसलाई समानता र भेदभाव विरुद्धको अधिकार प्रत्याभूति गरेको भए पनि यो समुदायको व्यक्तिहरु कस्तो विभेदमा परिरहेको पाईन्छ ?
– यो समुदाय मानव अधिकारको सिद्धान्तको केही मात्र अंश उपभोग गर्न पाएका छौं तर त्यो भन्दा बढी कुनै पनि पाएको छैनौं । जस्तै– वैवाहिक सम्बन्ध गास्ने कानुन, सान अवसर र रोजगारको प्रत्याभुति गर्न पाएको छैन ।
कस्तो प्रकारको वैवाहिक सम्बन्ध चाहिएला र त्यसका लागि के गर्न पर्ला, विश्वमा समलिङ्गि बिबाहका कस्ता प्राबधान छ र नेपालम के छ यसको विकास क्रम ?
– मेरो बिचारमा बैबाहिक समानताको काुनुन हुनुपर्दछ । समानता भन्ने वित्तिकै त्यहाँ महिला र पुरुषको सम्बन्धको कुरा मात्र होइन हामी जस्ताको कुरा पनि समेटिन्छ, एउटा देशको नागरिकले आफ्नै देशको नागरिकको हैसियतले मानव अधिकार खोज्न किन पाएको छैन, विश्वका धेरै देशमा बैबाहिक मान्यता दिएको छ । जस्तै अमेरिका, क्यानडा, बेल्जियम, नेदरल्याण्डस्, जस्ता देशमा समलिङ्गि विवाहको मान्यता दिएको छन् ।
अन्त्यमा केही भन्नु छ कि ?
– अन्त्यमा हामी पनि यही समाजको व्यक्ति हौं हामी पनि अरु सरहनै बाबाआमाको कोखबाट जन्म लिएका हौं । त्यसैले हामीलाई महिला पुरुष सरह समान व्यवहार गर्न अनुरोध गर्दछु । अनि यदि हामी जस्ता व्यक्तिहरु हजुरहरुको घर परिवार समाज र स्कूल, कलेजमा छन भने उनीहरुलाई अपहेलना नगर्नु होला । नजिस्काइ दिनुहोला अन्य व्यक्ति सरह समान व्यवहार गर्नु भयो भने भोलि गएर राम्रो शिक्षा लिएर यो देश चलाउन सक्ने सक्षम नागरिक बन्न सक्ने बातावरण बनाइ दिनु होला भन्न चाहन्छ ।
: