चिरपरिचित प्रतिस्पर्धी बार्सिलोना र रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा भिड्ने भएका छन् । स्पेनमा सुक्रबार साँझ गरिएको ड्रअनुसार साविक विजेता बार्सिलोनाले सेमिफाइनलमै रियल प्रतिस्पर्धी पाएको हो ।
बार्सिलोना र रियल सन् २०१४ को फाइनलमा भिडेका थिए । त्यतिवेला रियलले उपाधि जितेको थियो । त्यसयता बार्सिलोनाले उपाधि जित्दै आएको छ । अर्को सेमिफाइनलमा भ्यालेन्सिया र रियल बेटिस भीड्ने छन् ।
सेमिफाइनलमा पहिलो र दोस्रो लेग हुनेछ । ड्रअनुसार पहिलो लेग फेब्रुअरी ६ तारिख र दोस्रो लेग २७ तारखि तथा फाइनल खेल मे २५ मा हुनेछ । बार्सिलोना सर्वाधिक ३० पटक कोपा जित्ने टोली हो । बार्सिलोनापछि एथ्लेटिक बिल्बाओले २३ पटक, रियलले १९ पटक र एट्लेटिको म्याड्रिडले १० पटक उपाधि जितेको छ ।